काठमाडौं- सरकारले ०७५ सालको सार्वजनिक बिदा व्यापक कटौती गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २२ दिन सार्वजनिक बिदा कटौती गरेको सूचना तथा प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
‘सबैलाई हुने बिदा १२ दिन कटौती गरिएको छ । १० दिन भने आंशिक बिदा कटौती गरिएको छ ।’ उनले भने, अब वर्षमा ८९ दिन मात्रै बिदा हुनेछ । अव सवैका लागि ६७ दिन र विभिन्न जाति, धर्म र समुदायलाई थप २२ दिन बिदा हुनेछ ।
सरकारले सबै स्थानीय तहमा तत्काल ५६ हजार ३ सय ९४ कर्मचारी खटाउने निर्णय पनि गरेको छ । केन्द्रका अधिकांश मन्त्रालयमा भने कर्मचारी कटौती गरिएको छ ।






