काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्‍यो

काठमाडौं- काठमाडौंलगायत देशभर चिसो बढेको छ । १ पुसमा २.८ डिग्रीमा झरेको काठमाडौंको तापक्रम अगिल्लो हप्ता केही बढेको भए पनि बिहीबार बिहानको तापक्रम ३.६ रेकर्ड गरिएको छ ।

देशभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यस्तै महाशाखाको अनुसार काठमाडौंको तापक्रम ३.६ रेकर्ड भएको छ । पुस १ गते काठमाडौंमा मापन गरिएको तापक्रम यो वर्षकै कम थियो ।

तराईका जिल्लाहरुमा बाक्लो हुस्सु लाग्नुको साथै मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु ‘हाइ क्लाउड’ प्रवेश गरेकाले अझै चिसो बढ्न सक्ने मौसमविद्को भनाई छ ।