लन्डन – होली काउ समूहले लन्डन म्याराथनमा भाग लिइरहेका सैयौं धावकहरुलाई निशुल्क पानी वितरण गरेको छ।
उक्त समूहको क्यानरी व्हार्फ़स्थित रेस्टुरेन्टको संयोजनमा निशुल्क पानी वितरण गरिएको थियो।
आइतबार आयोजित लन्डन म्याराथनमा नेपाली लगायत झन्डै ५०,००० धावकहरुले भाग लिइरहेका छन्।
“आज सातु र शर्बत खाने तथा सकेको दान गर्ने अक्षय तृतीयाको पवित्र दिनमा लन्डन म्याराथनका धावकहरुलाई पानी वितरण गर्न पाउँदा हामीलाई निकै खुसी लागेको छ। आउँदा दिनहरुमा पनि हामी स्थानीय समुदायको सेवा गर्न काममा जुटीरहने छौं,” होली काउ समूहका अध्यक्ष कुल आचार्यले भने।
कोभिडको समयमा पनि होली काउ समूहले स्वास्थ्यकर्मीहरुलाई निशुल्क खाना वितरण गरेको थियो।
आइतबार बिहान १० बजे ग्रीनवीच पार्कबाट शुरु भएको म्याराथनमा हजारौ धावकहरुले टावर ब्रिज, लन्डन आइ जस्ता विश्वप्रसिद्ध स्थल हुँदै बकिङ्घम दरबार नजिकै द मलमा दौड सम्पन्न गरेका थिए।
२६.२ माइल लामो विश्व चर्चित यो दौडमा भाग लिन संसारभरिबाट धावकहरु बेलायत आएका छन्।







