दुई वर्षसम्म ओली सरकारः दाहाल

prachanda23काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकार दुई वर्षसम्म परिवर्तन नहुने दाबी गरेका छन् ।

सिन्धुलीमा आइतबार आयोजित कार्यकर्ता भेलामा अध्यक्ष दाहालले यो सरकार दुई वर्ष टिक्ने र चुनाव पनि यसही सरकारले गराउने बताए । कांग्रेस अधिवेशनले नेपालको राजनीतिमा ठूलो असर नगर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको प्रसंग जोड्दै दाहालले एउटै देशमाथिको निर्भरता हटाएर व्यापार विविधिकरणका लागि फलदायी बनाउन सरकार सञ्चालनमा रहेका प्रमुख पार्टीको शीर्ष तहमा भ्रमणको विषयमा छलफल भएको पनि बताए ।