शिल्पाले को सँग गरिन् लुकेर इन्गेजमेन्ट ?

silpa

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा शिखर चुम्न कसरत गरिरहेकी एक अभिनेत्रीले गुपचुप इन्गेजमेन्ट गरेको समाचार बाहिर आएको छ ।

नेपाली चलचित्र क्षेत्रका नायिकाहरुले एनआरएन अर्थात गैरआवासीय नेपालीसँग बिहे गर्ने लहरै चलेका बेला यो सूचीमा फिल्म ‘लज्जा’की अभिनेत्री शिल्पा पोख्रेलले नर्वेमा बस्दै आएका एनआरएन विनोद कार्कीसँग इन्गेजमेन्ट गरेर नाम दर्ता गराएकी हुन् ।

यो खबरले फिल्मी बजार गर्माएको छ । चलचित्र सम्बन्धी एक टेलिभिजन कार्यक्रमबाट उनको इन्गेजमेन्ट भएको समाचार सार्वजनिक भएको हो । समाचार अनुसार काठमाडौंमा सम्पन्न ‘एनआरएन’को सम्मेलनमा नेपाल आएका विनोदसँग शिल्पाले इन्गेजमेन्ट गरेकी हुन् ।

उसो त विनोद शिल्पाका भिनाजुको भाई हुन् । फेसबुकको चिनजानले नजिकिएका यी दुइले गोप्य रुपमा इन्गेजमेन्ट गरेको र केही महिनाभित्र बिहे गर्ने तयारी गरेको समाचार स्रोत बताउँछ ।

तर, यो खबरलाई शिल्पाले भने अस्वीकार गरेकी छिन् ।