संस्कृतिविद् सत्यमोहन जोशीको निधन

काठमाडौँ । वाङ्गमय सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ ।

आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा तीन साताअघि भर्ना भएका जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो ।

१०३ वर्षीय जोशी स्वास्थ्यमा समस्या देखिएपछी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई छातीमा निमोनियाको संक्रमण र पिसाबमा संक्रमण देखिएको थियो ।

अघिल्लो साता रगत परीक्षणको क्रममा उनमा डेंगुको संक्रमणसमेत पुष्टि भएको थियो ।