एनआरएन यूके निर्वाचन मण्डलमा विवादित व्यक्ति ल्याए प्रेम गाहा मैदानमा उत्रने

लण्डन ।एनआरएनए यूकेको निर्वाचन समिति गठन गर्न लागेको विरोधमा प्रेम गाहा मगर चुनावी अभियानले आइतवार साँझ आकस्मिक पत्रकार सम्मेलन समेत गर्न लागेको छ ।

आउदो ३१ जुलाई २०२१ मा हुन गइरहेको निर्वाचनको लागि निर्वाचन समिति गठन गर्दा आफू अनुकूलका मानिसहरु राख्न खोजिएको भन्दै उपाध्यक्ष तथा निर्वाचनमा अध्यक्षका प्रत्याशी प्रेम गाहा मगरले आपत्ति जनाउँदै यसबारे आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

आइतवार एक विज्ञप्ती जारी गर्दै उनले एनआरएनएको निर्वाचन मण्डल गठन गर्न ढिलाई गरिएकोमा आपत्ति जनाउँदै त्यसैमाथि राजनीतिक पार्टीका नेताहरुलाई मनोनयन गर्न लागेको भन्दै ध्यानाकर्षण गराएका छन् । स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्नको निम्ती अघि बढ्नु पर्नेमा निर्वाचनलाई प्रभावित पार्न खोज्नुले गम्भिर आशंका सिर्जना भएको भन्दै प्रतिष्ठित, स्वतन्त्र र स्वच्छ छविका व्यक्तिहरु समावेश गरेर समिति गठन गर्न माग गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘निर्वाचन समितिका प्रमुखले सबै उम्मेदबारहरुसंग निर्वाचन समितिमा मनोनयनका लागि १,१ जना प्रतिनिधि माग्नु भयो । त्यसै अनुरुप मैले नेपाली समाजमा सुपरिचित एकजना काउन्सिलरको नाम सिफारिस गरें र त्यस्तै निस्पक्ष व्यक्तिहरु समितिमा राख्न सुझाव पनि दिएँ। उहांले हुन्छ भन्नु भयो। तर अहिले आफैले दिएको वचन विरुद्ध निर्वाचन समितिका प्रमुखले बेलायतस्थित विभिन्न राजनीतिक पार्टीका नेताहरुलाई समितिमा मनोनयन गर्न लागेको थाहा पाउंदा म आश्चर्यचकित भएको छु।’ उनले यस्तो कदमले एनआरएनए युकेको आगामी चुनाव स्वतन्त्र र निस्पक्ष हुनेमा गम्भीर आशंका उत्पन्न भएको बताए ।

उनले भनेका छन्,’चुनावको नाममा धांधली गर्न दक्षता हासिल गरेका विवादित व्यक्तिलाई समावेश गरेर उहांले कस्तो निर्वाचन गर्न खोजेको हो ? यस्तो कुनै पनि प्रयास बेलायतको सचेत नेपाली समाजले स्वीकार नगर्ने जानकारी गराउन चाहन्छु। समाजमा प्रतिष्ठित, स्वतन्त्र र स्वच्छ छविका व्यक्तिहरु समावेश गरेर मात्रै निर्वाचन समिति गठन गर्न जोडदार माग गर्दछु।’

हेर्नुहोस उनले जारी गरेको विज्ञप्ती

प्रेस वक्तव्य

गैरआवासीय नेपाली संघ युकेको आउंदो ३१ जुलाई २०२१ मा हुन गैरहेको निर्वाचन सम्पन्न गराउन निर्वाचन समिति गठन गर्न भै रहेको ढिलाई प्रति हामीले ध्यानाकर्षण गर्दै आएका हौँ। यसै बीच निर्वाचन समितिका प्रमुखले सबै उम्मेदबारहरुसंग निर्वाचन समितिमा मनोनयनका लागि १,१ जना प्रतिनिधि माग्नु भयो । त्यसै अनुरुप मैले नेपाली समाजमा सुपरिचित एकजना काउन्सिलरको नाम सिफारिस गरें र त्यस्तै निस्पक्ष व्यक्तिहरु समितिमा राख्न सुझाव पनि दिएँ। उहांले हुन्छ भन्नु भयो। तर अहिले आफैले दिएको वचन विरुद्ध निर्वाचन समितिका प्रमुखले बेलायतस्थित विभिन्न राजनीतिक पार्टीका नेताहरुलाई समितिमा मनोनयन गर्न लागेको थाहा पाउंदा म आश्चर्यचकित भएको छु। यस्तो कदमले एनआरएनए युकेको आगामी चुनाव स्वतन्त्र र निस्पक्ष हुनेमा गम्भीर आशंका उत्पन्न भएको छ। चुनावको नाममा धांधली गर्न दक्षता हासिल गरेका विवादित व्यक्तिलाई समावेश गरेर उहांले कस्तो निर्वाचन गर्न खोजेको हो? यस्तो कुनै पनि प्रयास बेलायतको सचेत नेपाली समाजले स्वीकार नगर्ने जानकारी गराउन चाहन्छु। समाजमा प्रतिष्ठित, स्वतन्त्र र स्वच्छ छविका व्यक्तिहरु समावेश गरेर मात्रै निर्वाचन समिति गठन गर्न जोडदार माग गर्दछु।

प्रेम गाहा मगर उपाध्यक्ष, एनआरएनए युके तथा, अध्यक्ष पद को उम्मेदवार (२०२१-२३)