काठमाडौं । जातिय विभेद गरेको भन्दै सञ्चारकर्मी रुपा सुनारले बबरमहलकी घरभेटी सरस्वती प्रधानसहित शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध मुद्धा दर्ता गरेकि छन् ।
सुनारले घरधनी प्रधान, मन्त्री श्रेष्ठ सहित जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाएर आइतबार मुद्दा दायर गरेकि हुन् । कोठा भाडामा लिने÷दिने मौखिक समहति भइसकेको अवस्थामा घरधनी प्रधानले आफू कामी थरको भएको बताएपछि कोठा दिन अस्वीकार गरेको बताएकि छिन् ।
रिटमा संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनबमोजिम कारबाही तथा मेरो मौलिक हकको संरक्षणको लागि आदेश जारी गर्न माग गरिएको छ ।
रिट निवेदनमा भनिएको छ, ‘कुराकानीकै क्रममा म आफू दलित समुदाय (कामी) थरकी रहेको जानकारी विपक्षीलाई गराउँदा तत्क्षणमै ला! भनी अचम्म मान्दै मुखाकृतिमा एक्कासी परिवर्तन हुँदै घरमा छलफल गरी जानकारी गराउँला भनी मेरो सम्पर्क नम्बर माग्नुभयो। मैले साथीलाई जानकारी दिनुहोला भन्दै हामी उक्त घरबाट बाहिरियौं, काठमाडौं जस्तो शिक्षित ठाउँ, देशको राजधानीमा जातका कारण कोठा दिने कुरालाई इन्कार गर्नु हुँदैन होला भनी छलफल गरी बस्न आउनू भनी बोलाउनुहुन्छ होला भन्ने लागेको थियो। तर, हामी त्यहाँबाट हिँडेको करिब एक घण्टापछि विपक्षीले मसँगै कोठा देखाई सहयोग गर्न जानुभएकी साथीलाई फोन गरी ‘मलाई भन्न पनि अफ्ठ्यारो भयो, घरमा बूढी आमा हुनुहुन्छ, पूजाआजा गर्नुपर्छ, उनलाई हुँदैन, बरू अरु मान्छे भयो भने पठाइदेउ है’ भनी जातकै कारण कोठा दिन नमिल्ने आसयसहित जानकारी दिनुभयो। सो कुराले मलाई अलि असहज भयो।’
हरौँ रिटको पूर्णपाठ






