कैदी सरह गोविन्द केसीलाई राखिएको भन्दै चिकित्सक संघको आपत्ति

काठमाडौं– नेपाल चिकित्सक संघले अनसनरत प्रा. डा. गोविन्द के.सी.को जीवन रक्षार्थ कर्णाली शाखाले जारी गरेको विज्ञप्तीप्रति ऐक्यवद्धता जाहेर गरेको छ ।

संघले आज जारी गरेको विज्ञप्तिमा स्थानीय कबड हलमा केसीलाई कैदी सरह राखीएकोप्रति घोर आपत्ती समेत प्रकट गरेको छ ।

सम्बद्ध चिकित्सकहरुबाट अस्पतालमा लगी उपचार गराउनका लागि गरिएको आग्रह र सुझाबलाई समेत बेवास्ता गरिएकोले जीवन रक्षाका लागि उनलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न समेत संघले सरकार समक्ष माग गरेको छ ।