प्रकाश कंडेल
लन्डन । चितवन एड ट्रष्ट (क्याट) यूकेको आइतबार लन्डनमा सम्पन्न अधिवेशनले रितेश पाण्डेको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ ।उनी अध्यक्षका अर्का उम्मेद्वार शालिक सापकोटालाई १८ मतले पराजित गर्दै आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
निर्वाचनकै माध्यमबाट उपाध्यक्षमा राजु आचार्य, तोयानाथ (टिएन) रिजाल र रघु दाहालले क्रमशः १ सय ४०, ९८ र ९० मत प्राप्त गर्दै विजयी बने ।उपाध्यक्षमा पराजित उम्मेदवारहरु उपेन्द्र पौडेलले ६६, पार्वती पाण्डेले ५५ र राम भट्टराईले ५० मत पाएका छन् ।
नयां कार्यसमितिको महासचिव पदमा रमेश श्रेष्ठले १ सय १६ मतसहित जीत हासिल गर्दा प्रतिस्पर्धी शान्ताविनोद लामिछानेले एक सय मत पाएका छन् ।कोषाध्यक्ष पदमा डा. सुरजमणि पौडेल १ सय २४ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी किशोर श्रेष्ठको ९७ मत आएको थियो ।
निर्वाचन समितिका संयोजक राजेन्द्र खरेल र निवर्तमान अध्यक्ष जीवन सेनले नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण तथा खादा र प्रमाणपत्र सहित सम्मान गरेका थिए । प्रतिस्पर्धापछि हारजित स्वभाविक भएको भन्दै सापकोटाले विजयी हुने अध्यक्ष पाण्डेलाई बधाईसहित शुभकामना दिएका छन् ।
क्याटको अधिवेशन यसरी भएको थियो पुरा (भिडियो हेर्नुहोस)






