दाँत निकाल्दा बेहोस, त्यसपछि मृत्यु

रौतहट, १४ साउन । दाँत निकाल्ने क्रममा रौतहट, सुनाखुनुवा–६ बस्ने भारत मोतिहारी, अमवा घर भएका २३ बर्षीय अजय कुमार कुसुहवाको बेहोस भएर मृत्यु भएको छ । बंकुल–८ स्थित शिवशंकर प्रसाद यादवको क्लिनिकमा दाँत उखेल्दा बेहोस भएका उनलाई उपचारका लागि बिरगंजतर्फ लैजाने क्रममा बिहीबार बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै क्लिनिक संचालक यादव फरार रहेका र उनको खोजतलास भइरहेको जनाइएको छ ।