लण्डन । बेलायतमा रहेका एक नेपाली दम्पतीले चार दिनको अवधिमा ज्यान गुमाउनुपरेको छ ।
गुल्मीको चन्द्रकोट गाँउपालिका ४ रेमी घर भई हाल बेलायतको टनब्रिज केन्टमा बस्दै आएका बिजय कुमार पुन र उनकी श्रीमती रत्ना कुमारी गुरुङको चार दिनको फरकमा निधन भएको हो ।
श्रीमती रत्नाको जनवरी ३ गते मेडस्टोन एन्ड टनब्रिज वेल्स अस्पतालमा निधन भएको थियो भने श्रीमान बिजयको ७ जनवरीमा निधन भएको हो । श्रीमतीको निधन कोरोनाभाइरसबाट भएको हो भने श्रीमानको निधन जन्डिस र लिभरको समस्याको कारण भएको जनाइएको छ । दुवै जनाकोे उमेर ५० को वरिपरि रहेको थियो ।
गुरुङ गुल्मी जिल्ला समाज यूके, भार्सेली समाज यूके, हङकङ नेपाली मञ्च यूके लगायतका संघसंस्थाहरुसंग आवद्ध थिए ।
दम्पतीको चार दिनको अवधिमा निधन भएपछि स्वदेश जिल्ला गुल्मी सहित बेलायतमा रहेका नेपाली समुदाय स्तब्ध बनेका छन् ।






