निर्वाचित राष्ट्रपति बाइडनको शपथ समारोहमा ट्रम्प सहभागि नहुने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित राष्ट्रपति जो बाइडनको २० जनवरीमा हुने शपथ समारोहमा सहभागि नहुने भएका छन् ।

ट्रम्प आफैले ट्वीट गरेर यससम्बन्धि जानकारी दिएका हुु्न् । आफ्ना मतदाताको अपमान गर्न नसक्ने र उनीहरुमाथि गलत ब्यवहार नहसने भन्दै संसद आक्रमण घटनामा संलग्नलाई उन्मुक्ति दिने संकेत ट्वीटमार्फत् गरेका हुन् ।

ट्रम्पले भनेका छन्, ‘सात करोड ५० लाख महान् अमेरिकी देशभक्त जसले मलाई मत दिए, अमेरिका फर्स्ट र अमेरिकाको फेरि महान् बनाउन मत दिए, भविष्यमा उनीहरुको आवाज सुनिने छ । उनका अपमान गरिने छैन र उनीहरुलाई कुनै भेदभाव गरिने छैन ।’