एनआरएन अन्तर्राष्ट्रीय समन्वय परिषदको सचिबमा गणेश केसी र ओसेनिया संयोजकमा भुमा लिम्बुको उम्मेदवारी

bhumaGaneshअष्ट्रेलिया, ५ असोज । गैर आवासीय नेपालीहरुको विस्व सम्मेलनको मिति नजिकिँदै जाँदा संघमा उम्मेदवारीको घोषणा धमाधम भईरहेको
छ । सातौ विश्वसम्मेलनबाट एनआरएनको विभीन्न पदमा नेतृत्व गर्नको लागि विश्वभरीका गैर आवासीय नेपालीहरुले धमाधम उम्मेदवारी घोषणा गरीरहका छन् ।
संघको विभीन्न पदका लागि अष्ट्रेलियामा बसेका गैर आवासीय नेपालीहरुले उम्मेदवारी घोषणामा खुबै सक्रियता देखाएका छन । संघको अन्तर्राष्ट्रीय समन्वय परिषदको सचिब पदमा अष्ट्रेलिया निवासी गणेश केसीले उ्रम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ मा आफ्नो एकदशक लामो संलग्नता रहेको भन्दै उनले संसार भरि छरिएर बसेका नेपाली हरु लाइ एक सुत्र मा बाधी नेपाल र नेपाली को लागी कार्य गर्ने यस धरोहर संस्थालाई अझ चुस्त तथा प्रभाबकारी बनाउन को लागी आफूले उम्मेदवारी दिएको बताएका छन् ।
यसअघि एनआरएन अस्ट्रेलियाको अध्यक्ष भईसकेका उनले उनले अस्ट्रेलिया मा एन आर एन अभियान लाई गतिसिल र प्रभाकारी बनाउन आफूले खेलेको भूमिका महत्वपूर्ण भएको भन्दै अन्तराष्ट्रिय समन्वय परीषदको सचिव पद दावी गरेका छन् ।
‘मेरै कार्यकाल मा एन आर एन अस्ट्रेलिया बिश्वोब्यापी एन आर एन अभियान को अग्रणी बनेको थियो’ उनले भने ‘मैले मेरो यस उम्मेदवारी पद पाउन को लागी दिएको होइन, आफ्नो सिप तथा कौसल अनुसार संस्था को लागी केहि योगदान गर्न दिएको हु ।’

उनले सम्पूर्ण गैस आवासीय नेपालीहरुबाट सहयोगको अपेक्षा समेत राखेका छन् ।
त्यसैगरी अष्ट्रेलियाबाटै भुमा लिम्बुले ओसेनिया क्षेत्रको संयोजक पदमा उम्मेदवारी दिने भएकी छिन । हाल उप संयोजक रहेकी लिम्बुले एनआरएन अभियानमा लामो सक्रीयता र सहभागिताले आफुलाई यसक्षेत्रमा रहेर काम गर्न उत्साहीत बनाएकोले भन्दै संयोजकमा उम्मेदवारी दिएको बताईन ।
नेपालमा महाभुकम्पका तहसनहसमा स्वास्थ परिचारिकाकी रुपमा संल्गन भुमा एनआरएन अस्ट्रेलियामा हक्की स्वभावकी प्रजातन्त्रबादी स्वयंसेवीकी रुपमा चर्चित छिन ।
उनले पछिल्लो एक दशक एनआरएन अभियानमा सक्रिय सदस्यको रुपमा भुमिका निर्वाह गर्दै आएकी छिन । मैले देखेको र जाने सम्म एनआरएनको मुल मर्म भनेको स्वदेशको हितमा काम गर्ने र परदेशको समस्यामा साथ दिने हो ।
मुलुक दुख्दा हामी रोएका छौ , भुकम्पमा बिभिन्न जिल्लामा स्वयंसेवीका रुपमा भुमिका निर्वाह गरेकी भुमाले बताइन । मैले यहावाट धेरै कुरा सीके । साथीभाइहरुले सहयोग गर्नु भएको छ र यस पटकपनि ओसनियाको जिम्मेबारी दिनुहुने कुरामा ढुक्क छु , भुमाले बताइन ।
उप संयोजक भएपछि संयोजकमा उठ्नु स्वभाविक भएको बताउदै भुमाले एनआरएनए अभियानलाई आजको स्थितिसम्म ल्याइपुर्याउनका निम्ति थुप्रै अग्रजहरूले धेरै मिहेनत र संघर्ष गर्नुपरेको बताइन ।
एनआरएन अभियानको अथक प्रयासको परिणामस्वरूप नयाँ संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भएकोमा भुमाले खुसी प्रकट गरिन ।
यो एउटा महत्त्वपूर्ण उपलब्धि हो। अहिलेको कार्यसमितीले एनआरएनलाई संस्थागत बनाएको कुरामा दुइमत नरहेको बताउने भुमाले आगामी दिनमा एनआरएनलाई बिश्वासिलो साझेदारका रुपमा अगाडि बढाउनु पर्ने बताइन ।