लन्डन– बेलायतका लागि नेपाली राजदूत तथा गणतन्त्र माल्टाका लागि नवनियुक्त गैरआवासीय राजदूत दुर्गाबहादुर सुवेदीले माल्टाका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् ।
मे १७ मा माल्टाको राजधानी भालेटामास्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा गणतन्त्र माल्टाका महामहिम राष्ट्रपतिसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।
कार्यक्रममा राजदूत महामहिम डा। सुवेदीले राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूवाट माल्टाका राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै माल्टाका मैत्रीपूर्ण जनताको निरन्तर प्रगति, शान्ति, एवं समृद्धिका लागि पठाउनु भएको शुभकामना सन्देश प्रस्तुत गरे । सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट माल्टाका महामहिम राष्ट्रपति, माल्टा सरकार र जनताप्रति नेपाल सरकार र नेपाली जनताको शुभेच्छा र शुभकामना व्यक्त गरे ।







