लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ)यूकेले बेलायतस्थित दक्षिणपुर्व प्लमस्टिडमा अन्तरराष्ट्रिय नारी दिवस कार्यक्रम मनाएको छ । १ सय १३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको हो । 
विश्वभर छरिएर रहेका नेपाली नारीहरुलाई अधिकार प्राप्तिका लागि आफै अग्रसर हुनु पर्नेमा उक्त कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए । बेलायतस्थित नेपाली दुतावासका उपनियोग प्रमुख रोशन खनालले दैनिक जीवनका चुनौतीहरुलाई पन्छाउदै नारी शसक्तिकरणका लागि लाग्नु पर्ने अवस्था रहेको बताइन् । प्र्रमुख अतिथि तर्फबाट बोल्दै उनले दैनिक जीवनमा आउने ठुला वा साना चुनौतीलाई सामना नगरी नारीले अधिकार प्राप्त गर्न मुस्किल पर्ने जनाइन् । आगामी बर्ष बेलायतस्थित दुतावासले पनि नारी ससक्तिकरण लागि यस्ता कार्यक्रम गर्न बिषयमा दुतावासमा छलफल चलाउने प्रतिवद्धता जनाइन् ।
ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले नारी ससक्त्तिकरण लागि आफ्नो र संस्थाको तर्फबाट सधै सहयोग रहेने प्रतिवद्धता जनाए । उनले अन्तरराष्ट्रिय नारी दिवसमा सहभागी भएका महिलाहरुको उपस्थितिले कार्यक्रम भव्य भएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
प्रवासी नेपाली अन्तरराष्ट्रिय कमिटिका सदस्य कल्पना त्रिपाठीले नारी हिंसा नेपालमा मात्र नभएर बेलायतमा पनि भएको तथ्यांक प्रस्तुत गरिन् । उनले नारी हिंसाको विरुद्ध एउटै आवाजको खाचो रहेको बताइन् । अन्तरराष्ट्रिय कमिटि सदस्य सरस्वती केसीले नारी ससक्त्तिकरण र राजनीतिमा नारीको सहभागीतामा जोड दिइन् ।
ओएनएफ यूके महिला विभागको संयोजकत्वमा आयोजना भएको कार्यक्रमको अध्यक्षता सुदेशा बजगाईले गरेकी थिइन् । उक्त कार्यक्रमको संचालन भने सामाजिक अभियन्ता सरिता शर्माले गरेकी थिइन । उक्त कार्यक्रममा कविता र गायन समेत प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा ग्रीनवीच आमा समुहको प्रतिनिधित्व गर्दै आमा समुह की अध्यक्ष गौमाया गुरुङ रानाभाटको संयोजनकारी भूमिकामा बालबालिकाहरु बाट राष्ट्रिय गित गाई सुरुवात गरिएको थियो। पन्चकन्या द्वरा प्रमुख अतिथि लगाएत अन्य अतिथिहरुको स्वागत तथा सम्मान गरिएको थियो। साथै कार्यक्रममा पन्चकन्य तथा जेस्ठ नागरिक लाई पनि सम्मान गरिएको थियो।यसैबिच, पहिलो चरणको औपचारिक कार्यक्रम समापनपछि नाचगानसहित रमाइलो प्रस्तुती समेत प्रस्तुत गरेर कार्यक्रमलाई थप आकर्षक बनाइएको थियो । प्रविधिमा ओएनएफ यूकेका सदस्य केदार थपलियाले सहयोग गरेका थिए ।
कार्यक्रममा राफल लगायत बाल बालिकाहरुलाई पुरसकारको ब्यबस्था पनि गरिएको थियो उक्त पुरस्कार तथा राफल उपहारहरु प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटिकी सदस्य कल्पना त्रिपाठीले आयोजक कमिटी लाई स्पोन्सर गरेकी थिइन ।
उक्त कार्यक्रममा ओएनएफ अन्तरराष्ट्रिय कमिटि तथा राष्ट्रिय कमिटिका नेताहरु दिनेश घिमिरे, कर्ण शाही, विनोद ज्ञवाली, पुन्य रेग्मी,पंकज बजगाई,बालकृष्ण भुसाल, अर्कराज तिमल्सिना, प्रकाश कंडेल,श्याम लुईटेल, तिलक भट्टराई,लिला देबी गुरुङ,राम माया बिस्ट,मन्जु भण्डारी,जिबिका नहर्की लगायतको विशेष उपस्थिति थियो । त्यस्तै, दक्षिण पुर्वी लण्डनका विभिन्न संघ संस्थाहरुमा नेतृत्वदावी भुमिका निर्वाह गरेका महिलाहरुको विशेष उपस्थिति थियो।
प्रवासी नेपाली मन्च यूकेको नारी दिवस यसरी मनाइयो भिडियो हेर्नुस:






