काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन गरेका छन् । शुक्रबार बिहान राष्ट्रपति पौडेलले पशुपतिनाथको दर्शन गरेका हुन् । पौडेलले पशुपतिनाथको दर्शन गरी प्रसाद ग्रहण गरेका छन् ।
सो क्रममा राष्ट्रपति पौडेलले पशुपतिनाथ परिसरमा पुजा गरेका थिए । पशुपतिनाथको दर्शनअघि पौडेलले गौशालास्थित गुहेश्वरी मन्दिरको दर्शन गरेका थिए ।






