फेसबुकले गलत समाचार पोष्ट गरे प्रति समाचार पाँच लाख यूरो जरिवाना तिर्नुपर्ने

जर्मन सरकारले फेसबुकले गलत समाचार पोष्ट गरे प्रति समाचार पाँच लाख यूरो जरिवाना तिर्नुपर्ने नयाँ कानन बनाएको छ। फेसबुकमा गलत समाचार पोष्ट हुन थालेको बिषयले ठूलो बिवाद उत्पन्न गराएपछि २ दिन अगाडी मात्र ‘गलत पोष्टलाई नियन्त्रण गर्न नयाँ योजना कार्यान्वयन गर्न लागेको छ।’ फेसबुकले सार्वजानिक गरेको थियो।
फेसबुकलाई गलत समाचार र पोष्टलाई नियन्त्रण केहि वर्षदेखि नै आग्रह गरिएको भएपनि वेवास्ता गरेका कारण यस्तो कानुन बनाउनु परेको सरकारका लागी काम गरिरहेका जर्मनीका कानुन बिदहरुले बताएका छन्। ‘फेसबुकमा गलत समाचार पोष्ट २४ घण्टा भित्र फेसबुकले नहटाएको खण्डमा प्रतिसमाचार फेसबुकले ५ लाख यूरो जरिवाना तिर्नु पर्ने छ।’
आयरल्याण्डबाट प्रकासित हुने समाचार आइरिस टाइम्सले बताए अनुसार फेसबुक तथा जर्मनीको सत्तारुढ सहयोगी पार्टीबिच सम्पर्क गराएर सहज समाधान निकाल्ने लामो समय देखिको प्रयास असफल भएका कारण जर्मनीकी चाल्सलर एन्जेला मार्केलले नयाँ कानुनलाई पारित गर्न सहमती जनाएकी हुन।

(सेताेपाटी बाट)