ऐसेलुको ‘काडाँघारी’ श्रृष्टिको मायामा तगारो बनेपछि (भिडियो)

अस्ट्रेलियामा बस्दै आएका गायक राज कुमार गोस्वामीको नयाँ गीत ’काँडाघारी’ रिलिज भएको छ। किरण भण्डारीको शब्द ,संगीत तथा एरेन्ज रहेको सार्वजनिक गीतमा गायक गोस्वामीलाई गायीका आस्था रावतले साथ दिएकी छिन्।

नायिका सृष्टि श्रेष्ठ, किशोर भण्डारी र संचारकर्मी राम पाण्डे फिचरिंग भिडियोलाई रोमान्टिक शैलीमा तयार पारिएको छ। भुषण दाहालले निर्देशन गरेको म्यूजीक भिडियोमा धीरजजंग शाहको छायाँकन रहेको छ।