मुम्बई– नेपाली जन सम्पर्क समिति पश्चिम भारत क्षेत्र मुम्बईको आयोजनामा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनसम्पर्क समितिसहित नेपाली एकता मञ्च, मूल प्रवाह नेपाली एकता समाजलगायतका संघ संस्थाहरुको उपस्थिति थियो ।
जनसम्पर्क समिति पश्चिम भारतका क्षेत्रका अध्यक्ष मीनबहादुर बोहोराको सभापतित्वमा भएको कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष रुपेश कुवरले प्रवासी नेपालीको र उनीहरुमाथिको थिचोमिचो रोक्न नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा बोल्दै गृहमन्त्री निधिले प्रवासी नेपालीका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको आश्वासन दिए ।






