गुटेर्रेस राष्ट्रसङ्घको नयाँ महासचिवमा नियुक्त

न्यूयोर्क– संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार पोर्चुगली नागरिक एन्टेनियो गुटेर्रेसलाई औपचारिक रुपमा राष्ट्रसङ्घको महासचिवमा नियुक्त गरेको छ ।

वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा पोर्चुगलका पूर्व प्रधानमन्त्रीसमेत रहेका गुटेर्रेसले आगामी सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्नेछन् ।

बिहीबार महासभामा सम्मिलित १९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि उनी राष्ट्रसङ्घको महासचिवमा औपचारिक रुपमा छानिएका हुन् ।

गुटेर्रेसले राष्ट्रसङ्घको मानवअधिकार तथा राष्ट्रसङ्घीय प्रणाली सुधार कार्यमा उल्लेखनीय कार्य गरेका छन् ।