काठमाडौं– नेपनली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक अघि नै राज्यमन्त्री छान्ने तयारीमा लागेका छन् ।
पार्टीभित्रै असन्तुष्टि बढेपछि बैठक अघि मन्त्री छान्ने गरि देउवाले छलफल अघि बढाएका हुन् । दसैंअघि नै राज्यमन्त्री बनाउन देउवालाई दबाब परेपनि दशैपछि सारिएको थियो ।
आकांक्षी बढी भएपछि राज्यमन्त्री कति बनाउने भन्नेमा अन्यौल देखिएको छ ।
आकांक्षीको व्यवस्थापनका लागि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग झन्डै १२ राज्यमन्त्री माग गरे पछि प्रचण्ड अत्तालिएका छन् ।
तर, प्रधानमन्त्री प्रचण्डले कुल मन्त्रालय संख्याको पचास प्रतिशतभन्दा बढी राज्यमन्त्री बढाउन नमाने पछि देउवा र प्रचण्डबिच दुरी बढेको हो ।
प्रधानमन्त्री कांग्रेसबाट ८ भन्दा बढी राज्यमन्त्री बनाउन नहुने पक्षमा हुनुहुन्छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले ४ राज्यमन्त्री आफ्नो समूहलाई दिनुपर्ने माग गर्नु भएको छ । उता देउवाले नेता खुमबहादुर खडका र कृष्णप्रसाद सिटौलाले समेत भागबन्डा लगाउनु पर्ने हुन्छ स्रोतले भन्यो ।
कांग्रेसको बैठक कात्तिक ४ गतेलाई बोलाइएको छ । स्रोतका अनुसार सभापति देउवाले कैलालीका दीर्घराज भाट, रूपन्देहीका अब्दुल रज्जाक, मोरङका दिलीप गच्छदार, गुल्मीका सुवर्ण ज्वारचन, तनहुँका ध्रुव वाग्ले, सुनसरीका सीताराम मेहता र मीन विश्वकर्मा मध्येलाई आफ्नो समूहबाट राज्यमन्त्रीमा पठाउने छन् ।






