तेजाब आक्रमणकारी पक्राउ

काठमाडौँ, ६ चैत । गत फागुन १० गते राजधानीको वसन्तपुरस्थित ट्युसन सेन्टरमा पढिरहेका दुई किशोरीमाथि तेजाब प्रहार गरी फरार भएका जीवन विकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तलाई महानगरी प्रहरी कार्यालयले अहिले बिहान ११ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ । उक्त कार्यालयका अनुसार आक्रमणको उद्देश्यलगायत सम्पूर्ण विवरण पत्रकारसम्मेलनमार्फत नै सार्वजनिक गरिनेछ । प्रवेशिका परीक्षाको तयारीमा रहेका सङ्गीता मगर र सीमा बस्नेतमाथि तेजाब प्रहार गरेर अभियुक्त विक फरार भएका थिए ।