काठमाण्डौ, ६ चैत । न्युयोर्क ओपन इन्टरन्यासनल कराते प्रतियोगिता २०१५ मा अमेरिकाको पहिलो र एक मात्र नेपाली कराते डोजो इन्टरनेस्नल मार्सल आर्ट्स एशोसिएसन न्युयोर्कका ९ जना खेलाडीहरुले १३ पदक जीतेका छन् । १६ जना बिभिन्न समुहका महिला तथा पुरुष कराते खेलाडीहरुको साहभागिता रहेकोमा ९ जनाले ५ स्वर्ण , ४ कास्य र ४ रजत गरी १३ वटा पदक प्राप्त गरेका छन् । जस मध्ये १७ बर्ष उमेर समुहमा सुशिल थापाले काता तथा कुमिते दुबैमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन भने फर्चुन राइले ७-८ बर्ष को उमेर समुहमा काता तर्फ स्वर्ण र कुमितेमा कास्य हात पारिन् । सुनिल थापाले १४ बर्ष उमेर समुहमा कुमितेमा स्वर्ण ,सुमाइरा ईस्लाम ले ११ बर्ष उमेर समुहमा काता तर्फ कास्य र कुमितेमा रजत , इशान बरुवालले कुमिते तर्फ रजत पदक , मनोज गुरुङले कुमितेमा रजत पदक ,डिचेन पेमाले ९ बर्ष उमेर समुहमा कुमितेमा कास्य पदक, जेन्नी सीले १२ बर्ष समुहमा कुमितेमा कास्य पदक र सुहैला ईस्लामले ११ बर्ष उमेर समुहमा कातामा स्वर्ण र कुमिते तर्फ कास्य पदक हासिल गरेका छन् ।
हरेक बर्ष आयोजना गरिने प्रतियोगितमा अमेरिका लगयत बिभिन्न १३ राष्ट्रका ७ सय भन्दा बढी खेलाडीहरुको शहभागीता रहेको थियो । प्रतियोगिता अइतवार क्वीन्स कलेजको जिम हलमा भएको थियो । विश्व कराते महासंघका रेफ्री क्लीव बाक्सटरको निर्देशनमा ८० जना भन्दा बढी अमेरिकी कराते महासंघ , पान अमेरिकन र विश्व कराते महासंघका रेफ्री तथा जजहरुको सहभागितामा प्रतियोगिता सम्पन्न भयो । यस प्रतियोगितामा छ जना नेपाली कराते गुरुहरु इन्टरनेस्नल मार्सल आर्ट्स एशोसिएसन न्युयोर्कका प्रमुख प्रशिक्षक शान्त थोकर, प्रशिक्षक पर्खि राइ , सम्बर गोले , प्रेम तमाङ, केशव सिंह ठकुरी र जग बहादुर तामाङ्ले रेफ्री तथा निर्णायकको भूमिका निर्बाह गर्नु भएको थियो ।
सिएसन न्युयोर्कका प्रमुख प्रशिक्षक शान्त थोकर, प्रशिक्षक पर्खि राइ , सम्बर गोले , प्रेम तमाङ, केशव सिंह ठकुरी र जग बहादुर तामाङ्ले रेफ्री तथा निर्णायकको भूमिका निर्बाह गर्नु भएको थियो ।










