बेलायतको सांगीतिक यात्रा सकेर फर्कदै गायिका पुनम गुरुङ् अन्तिम शो’मा सहभागी हुन यस्तो अपिल !!

लन्डन । बेलायत स्थित विभिन्न नेपाली समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन लन्डन आइपुगेकी  गायिका पुनम गुरुङ् (राजाकुमारी ) नेपाल फर्किने भएकी छिन् । लगभग ४ महिना यूकेको बसाइ पछि उनी नेपाल पर्किन लागेकि हुन् ।

तनहुँको नरेस्वोर्टारमा जन्मिएकी गायिका पुनम सानै उमेरमा कलाकारिता क्षेत्रमा अब्बल छिन् ।  उनी डान्स र गायनमा त्येति नै उत्कृष्ट मानिन्छन् ।  उनीले हरेक बिधाका गीतहरु गाउँदै आएकि छिन ।  नेपाली लोकदोहोरीदेखि उनले आधुनिक, पप, हिन्दि, गजल र नयाँ पुराना अंग्रेजी गीतहरु गाउने गर्छिन्  ।

उनलाई मल्टी त्यालेन्ट कलाकारको रुपमा पनि चिनिन्छन् ।  उनको आफ्रनै कल्चरको गुरुङ् भाषाका गीत सालैजो, कौडा, लगायतका गितहरु गाउँछिन् । उनले सालैको पात, औठि राम्रो औलैमा, ओखती, गालै मा चुप्पा, सोल्टी राजा जस्ता थुप्रै गीतहरु गायकी छन् ।

सांगीतिक क्षेत्रको लामो  यात्रामा उनले मलेसिया, होङ्कोङ्संगै हाल केन्ट स्थित सिवानोवा लिमिटेडको स्पोन्सरमा उनी यूके आएकी हुन् ।

बेलायत आए पछी  उनले विभिन्न संघसस्थामा १९ ठाउँ पुगेर कार्यक्रममा भरपुर मनोरन्जन गरेकी थिइन् ।

उनले भाई खलक, भु पू किउजिई, चिलिम किचेन रिडिङ डिएमत ब्यान्ड युके, डाँडा स्वारा कोन्मे दाजु भाई, जमघट परिवार, प्लमस्टेड लण्डन, ग्रेटर नेपाली समाज रिडिङ, तमुधी लण्डन इकाइ, लम्जुङ समाज आमा समुह, तमु कलाकार संसक्रिती मन्च ,ठमेल दोहोरी,तमु पे लु संघ, क्विन्स गोर्खा ईन्जिनियर, दी लन्च, मालिङ्गो रेस्टुरेन्ट एण्द लन्च, बन्त ओक् नेपाली समाज, मडिस्तोन गोर्खा नेपाली समाज, लम्जुङ समाज लगायतका कार्यक्रम्मा आफ्नो धमाकेदार प्रस्तुति दिएको लण्डन नेपाल न्यूजलाई बताइन्  ।

उनले आफुलाई साथ सहयोग गर्ने यूके बस्ने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई, दिदीबहिनी प्रति आभार ब्यक्त गरेकिछिन् ।

उनले  लन्डन नेपाल न्यूजसँग कुरा गर्दै पुनमले भनिन, ‘जति दर्शक सहभागी हुनुहुन्छ, उहाँहरु मेरो गीतबाट मनोरञ्जन लिनुहुन्छ  ।

यो पटक युकेको बसाई को अन्तिम कार्यक्रम हेर्न साउथ ह्यारो गोल्डेनशिप २४ नोवेम्बर र चिलिम रेस्टुरेन्ट रिडिङ २५ नोवेम्बर र अल्डरसटस्थित ठमेल दोहोरीमा २६ नोवेम्बरमा बिदाइका लागि राखिएको कार्यक्रममा सबैलाई निमन्त्राणा गरेकी छन्  ।