लन्डन- बहुप्रतिक्षित नेपाली फिल्म ‘वीर विक्रम’ को यूके प्रिमियरका लागि चर्चित अभिनेता दयाहाङ राई लन्डन आइपुगेका छन् ।
यूकेमा प्रिमियर गर्न निर्देशक मिलन चाम्ससहित नायक दयाहाङ राई र सञ्चारकर्मी नरेश भट्टराईको समूह लन्डन आइपुगेको हो । उक्त सिनेमा शनिबार दिउसो २ १५ बजेदेखि अल्डरसटस्थित प्रिन्सेस हलमा हुने कार्यक्रम छ ।
प्रिमियरका अवसरमा कलाकारहरुलाई लिमोजिन कारबाट रेड कार्पेट हुँदै प्रिन्सेस हलसम्म ल्याइने निर्माण पक्षले जनाएको छ ।
रेड कार्पेट प्रिमियरमा नव नायिका दिया पुन सहित नायक दयाहाङ राईको उपस्थिति हुने बताइएको छ ।






