भद्रपुर : झापाको काँकडभिट्टास्थित सिलोङ होटलकी सञ्चालिका ४२ वर्षीया माया मुक्तान एक युवतीको शवसहित पक्राउ परेकी छन् ।
उनलार्इ गएराति एक युवतीको हत्या गरी फाल्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको छ ।
केही दिनदेखि उनको होटलमा बस्दै आएकी विर्तामोड निवासी २० वर्षीया युवती मन्दिरा विकलार्इ हत्या गरी उनको शव फ्याक्न लाँदै गरेको अवस्थामा माया समातिएकी हुन् ।
हत्याको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा होटेल सञ्चालिकाकी छोरा विजय तामाङ, मनोज तामाङ र काभ्रे निवासी कुमार तामाङलाई पनि राति नै प्रहरी टोलीले पक्राउ गरिसकेको छ ।
ती युवतीलाई राति ११ बजे चक्कुले घाँटी रेटेर हत्या गरी मेचीनगर नगरपालिका–१० स्थित फोहर पानी बग्ने ठाउँमा फाल्ने क्रममा मुक्तानलाई पक्राउ गरेको प्रहरी जनाएको छ । रासस







