४४ वर्ष पढाएको स्कूललाई ४ लाख

Handover of Bank Deposit Voucherभरत पाण्डेय
गुल्मी १ जेठ  । गाउँमा विद्यालय नहुँदा आफूले जग बसालेर ४४ वर्षसम्म सञ्चालन गरेको विद्यालयलाई एक शिक्षासेवीले ४ लाख रुपैयाँको अक्षयकोष स्थापना गरीदिएका छन् । धुर्कोट् रजस्थल गाविस स्थित ईन्दिरा माविका पूर्व प्रअ तिर्थराज घिमीरेले आफैले स्थापना गरेर ४४ वर्षसम्म पढाएको विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि चार लाखको अक्षयकोष स्थापना गरीदिएका हुन् ।
सोही गाविसमा जन्मेर हुर्किका घिमीरेले २००९ सालमा अनौपचारीक रुपमा स्थापना गरेर ४४ विसं. २०५३ माघमा विद्यालयमा अनिवाकर्य अवकास पछि जन्मथलोसमेत छाडी रुपन्देही बसाईसरेका घिमीरेले विद्यालयलाई विर्षन नसेपछि जन्मथलोमै आएर अक्षयकोष स्थापना गरीदिएका हुन् । आफूले काम गरेर सेवा गर्न नसकेपछि यसको शैक्षिक गुणस्तर सँधै सुधार भैरहोस भन्ने चिन्ता लागेर चारलाखको ‘तीर्थराज–पार्वता–टेककुमारी अक्षयकोष’ अक्षयकोष खडा गरीदिएको उनले बताए ।  ‘गाउँमा स्कूल भएन भनेपछि मेरै पहलमा २०१४ सालमा स्थापना गरेर ४४ वर्षसम्म पढाएको ठाउँ जहाँगएपनि भुल्न त सकिँदो रहेनछ ’ – उनले भने   – ‘आफूले काम गरेर सेवा गर्न नसकेपछि यसको शैक्षिक गुणस्तर सँधै सुधार भैरहोस भन्ने चिन्ता लागेर चारलाखको अक्षयकोष खडा गरीदिएँ ।’
विद्यालयका लागि ‘तीर्थराज–पार्वता–टेककुमारी घिमिरे अक्षयकोष’ स्थापना गरी रहेक वर्ष शैक्षिक गुणस्तरका लागि सहयोग गर्ने शिक्षक तथा प्रावि, निमावि र मावि तहका जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष पुरस्कृत गर्ने व्यवस्था गरेका छन् । ‘प्रत्येकवर्ष एसएलसी परीक्षामा राम्रो नतिजा ल्याउने दुई विषयशिक्षकलाई ४ हजारका दरले तिर्थराज घिमीरे शिक्षक पुरस्कारबाट पुरस्कृत गरीने छ, – उनले भने – मावि तहको कक्षा ९ मा प्रथम हुनेले ४ हजार राशीको तीर्थराज घिमिरे जेहेन्दार छात्रबृत्ति, निवावि तहमा कक्षा प्रथम हुनेले जनही तीन हजार पाँचसय राशिको पार्वता घिमिरे जेहेन्दार छात्रबृत्ति तथा प्रावि तहका कक्षा प्रथमलाई जनही दुई हजार पाँचसय राशिको टेककुमारी घिमिरे जेहेन्दार छात्रबृत्ति प्रदान गरीने छ ।’ घिमिरेले स्थापनाकालमा ३२ रुपैयाँ मासिक तलवमा काम गर्न शुरु गरेर मासिक ९ सय ७५ रुपैयाँ  सम्म विद्यालयबाट तलव बुझेको स्मरण गर्दै आफ्नो सेवाका साथै विद्यालयले पनि आफू र आफ्ना सन्तानका लागि सकारात्मक बाटो देखाएको बताए । आफ्नो रोजगारी तथा सन्ततिको अध्ययनको शुरुवातका कारण अहिले सुखद पारीवारीक जीवन व्यतित गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफूले विद्यालयमा रहँदाको आफ्नो सेवा कहिल्यै नविर्षने बताए  । बुबाको विद्यालय प्रतिको योगदान र ईच्छालाई पूरा गरीदिनका लागि अक्षयकोष स्थापनामा सघाएको उनका छोरा डा. विष्णुप्रसाद घिमीरेले बताए  ।
अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग पु¥याएपछि उनलाई विद्यालयमै एक कार्यक्रमको आयोजना गरी स्वागत र सम्मान गरीएको थियो । विद्यालयमा उनको योगदान र निरन्तर सहयोगको स्थानीयले निकै प्रसंसा गरेको शिक्षासेवी विमल घिमीरेले बताए  ।

DSC00258
प्रावि तहमात्रै सरकारी दरबन्दीबाट चलेको उक्त विद्यालय माध्यमिक तहसम्म स्थानीय जनताकै पहलमा सञ्चालन गरीएको चलाईएको हो । बेला बेलाका आर्थिएक समस्याले गर्दा सञ्चालन गर्न निकै मुस्किल परेको अवस्थामा सामुदायीक बनको घाँस दाउरा विक्री, स्थानीय जनताको चन्दा सहयोग लगायतबाट चलेको उक्त विद्यालय हरेक वर्षका एसएलसी परीक्षामा सामुदायीक तर्फ जिल्लामै उत्कृष्ट विद्यालयको सूचिमा पर्छ । यस्तो अवस्थामा रहेको विद्यालयका शिक्षक विद्यार्थीको हौसला बढाई शैक्षिक गुणस्तर सुधारका लागि संस्थापक प्रधानाध्यापकको सहयोग महत्वपूर्ण हुने प्रधानाध्यापक हरी प्रसाद घिमीरेले बताए ।
स्थानीय सिमित श्रोतसाधनबाट तलवभत्ता खाएर पनि विद्यालयका शिक्षक तथा व्यवसथापन समितिको मेहनेत उल्लेखनिय रहेको भन्दै अविभावकहरु पनि सन्तुष्ट छन् । शिक्षाको गुणस्तर मापन गर्ने हरेक परीक्षाहरुमा जिल्लामै उत्कृष्टता हाँसिल गर्न सफल भएकोमा सबै अविभावक र विद्यार्थी सन्तुष्ट रहेको स्थानीय दधिराम खनालले बताए ।