लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यसमितिको पूणर् बैठक सम्पन्न भएको छ । २५ जुनमा सम्पन्न बैठकले सघंका महासचिव खुशी लिम्बुले परस्पर विरोधी सूचना सम्प्रेषण गरेको भन्दै स्पष्टीकरण सोध्ने निणर्य गरेको छ ।
उक्त बैठकले संघकातर्फबाट गर्नुपर्ने आधिकारीक सूचना तथा पत्राचार लगायत कार्यहरु सचिवहरु ज्ञानेन्द्र आले, नम्रता घले र विष्णु चालिसेमार्फत गराउने निणर्य गरेको छ ।
‘महासचिव खुशी लिम्बुले कार्यसमितिको बैठक लगायतमा आफू खुशी परस्पर विरोधी सूचनाहरु संप्रेषण गरी भ्रम श्रृजना हुने वातावरण बनाउनु भएको विषयलाई गम्भीर रुपले लिने निणर्य भयो’, संघले आइतबार एक विज्ञप्तिमार्फत भनेको छ, ‘कार्यसमिति बैठकले महासचिवलाई आफ्ना यस्ता असंगत गतिविधिका बारेमा स्पष्टिकरणसहित अर्को बैठकमा उपस्थित गराउने तथा आफू खुशी सप्रेषण गरिएका यस्ता असंगत सूचनाहरुको गलत प्रभाव परेको महसुस गरी आइन्दा संगठनको अहित हुने वा भ्रम पर्ने गरी यस्ता कार्य नगर्ने प्रतिवद्धता नगर्दासम्म गैर आवासीय नेपाली संघ यूकेको आधिकारिक पत्राचार वा सूचना महासचिवमार्फत नगर्ने नगराउने निणर्य गरेको छ ।’
महासचिव लिम्बुले अर्को वाट्स अप ग्रुप खोलेर ग्रुपिजम गरेको, एनआरएनए यूकेको आधिकारिक फेसबुक पेजको एडमिनबाट अध्यक्ष र प्रवक्तालाई हटाएर व्यक्तिगत लाभका लागि प्रयोग गरेको, २५ तारिखको बैठक एक महिना अघि नै तय भएर एक साता अगाडि एजेण्डा समेत गइसकेको अवस्थामा रेल हड्तालको बहानामा बैठक रद्द भएको भनेर भ्रम फैलाएका कारण स्पष्टीकरण मागिएको श्रोतको दावी छ ।
त्यस्तै सोही बैठकले आगामी ६ अगष्टमा आयोजना हुने साधारण सभामा कार्यसमितिका तर्फबाट प्रस्तुत हुने प्रतिवेदनको मस्यौदा तयार गरि कार्यसमितिमा छलफलका लागि उपलब्ध गराउन महासचिवलाई ३ जुलाई २०२२ सम्मको समय दिने निणर्य गरेको छ ।
बैठकले कार्यसमितिका प्रत्येक बैठकमा अपडेट हुनुपर्ने संघको आर्थिक प्रतिवेदन विगतका केही बैठकदेखि अपडेट नभएको सन्दर्भमा आगामी साधारण सभामा प्रस्तुत गरिने आर्थिक प्रतिवेदनको पूणर् पाठ आइतबार २४ जुलाई २०२२ को बैठकमा उपलब्ध गराउन कोषाध्यक्ष विष्णु खरेललाई समयसीमा दिइएको छ ।
अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा स्वास्थ्य विभाग, नागरिकताको निरन्तरता विभाग, नेपाली खाना प्रवर्धन विभाग, महिला विभाग, युवा तथा खेलकुद विभाग, विधान संसोधन तथा कानूनी परामर्श विभाग, ब्यवसाय तथा लगानी प्रर्वधन विभाग तथा एनआरएन भोइसका सम्बन्धमा सम्बन्धित विभागीय प्रमुखहरुले ‘अपडेट’ गराएका थिए ।
यस्तो छ बैठकले गरेका निणर्यहरु







