नवनियुक्त चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

sf7df8f}F, !# c;f/M ????????? ??? ????????? ??? /fi6«klt ljBfb]jL e08f/L ;f]daf/ /fi6«klt ejg zLtnlgjf;df g]skf -PsLs[t ;dfhjfbL_sf tkm{af6 ;/sf/df ;xefuL gjlgo'Qm dGqLx?nfO{ kb tyf uf]kgLotfsf] zky u/fpFb} . ;fydf pk/fi6«klt gGbaxfb'/ k'g, k|wfgdGqL z]/axfb'/ b]pjf / ;efd'v clUgk|;fb ;fksf]6f . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौँ । एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् ।

शीतल निवासमा आयोजित समारोहमा जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीले सहरी विकास मन्त्री, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, भवानी खापुङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा हिरा केसीले स्वास्थ्य राज्यमन्त्रीको शपथ लिएका हुन् ।

शपथ लिएका नवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्दै छन् ।