स्वामी अरुण लण्डनमा

लण्डन । काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण मंगलवार लण्डन आइपुग्नुभएको छ।

हिथ्रो विमानस्थलमा नेपालबाट आउनुभएका स्वामी अरुण, स्वामी  आनन्द अर्हत तथा स्वामी आत्मो नीरवलाई ओशो क्याम्प युकेसंग संबद्ध ओशो सन्न्यासीहरुले भावपूर्ण स्वागत गरेका थिए।

आफ्नो बेलायत बसाइका क्रममाविगत वर्षहरुजस्तै यो वर्ष पनि स्वामी अरुणले तीनदिने आवासीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ।

आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ उहाँले यही अगष्ट २४  देखि २७ तारिखसम्म बर्मिङघम नजीकै बस्वर्थ हाल होटेल एण्ड स्पा, बसवर्थ

CV13 0LP मा ध्यान शिविर सन्चालन गर्नुहुने बताइएको छ।

यसैगरी स्वामी अरुणले अगष्ट २९ तारिख अपरान्ह साउथहलस्थित श्री राम मन्दिरमा आयोजना गरिने एक सत्संगमा आध्यात्मिक र भौतिकरुपमा कसरी सुखी बन्ने भन्ने विषयमा प्रवचन दिनुहुनेछ।

उहाँले ह्याम्पस्टेडस्थित ओशो समर्पण  ध्यान केन्द्रमा अगष्ट २३ तारिख तथा डार्टफोर्ड स्थित ओशो आनन्दबोधी ध्यानकेन्द्रमा अगष्ट २८ तारिखका दिन पूर्ण दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुने छ।

संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ।  राजनीति होस् वा सार्वजनिक जीवनआफ्नो परिवारमा होस् वा व्यवसायमा सुखशान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन। आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु,” स्वामी अरुणले भन्नुभयो।

हालै संयुक्त राज्य अमेरिका र क्यानडामा ध्यान शिविरहरु सन्चालन गरी गत सातामात्रै स्वामी अरुण नेपाल फर्कनु भएको थियो। स्वामी अरुणले गत १२ वर्षदेखि बेलायतमा हरेक वर्ष ध्यान शिविरहरु सन्चालन गर्दै आउनुभएको छ।

 

https://www.oshoanandbodhilondon.co.uk/2018-Meditation-retreat.html मा गएर ध्यान शिविरबारे थप जानकारी प्राप्त गर्न सकिनेछ।