पाकिस्तानमा निर्माणाधीन भवन भत्किँदा कम्तिमा १८ को मृत्यु

pakistan

काठमाडौं, कार्तिक १९ । पाकिस्तानको लाहोरमा निर्माणाधीन भवन भत्किँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

एक कारखानाको निर्माणाधीन भवन भत्किँदा अन्य १ सय ५० जना श्रमिक पुरिएको आशंका गरिएको छ ।

पुरिएकाहरुको खोजी र उद्दार जारी छ । भत्किएको भवनभित्र मानिसहरु कराइरहेको आवाज सुनिएको अधिकारीहरुले बताएका छन् ।

भवन भत्किएको स्थानमा पुरिएका ४५ जनाको उद्दार गरिएको छ । उनीहरुको उपचार भइरहेको छ ।

भग्नावशेषमा पुरिएकाहरुको उद्दारका लागि पाकिस्तानी सेनाले इन्जिनियर र विशेषज्ञहरुको टोली खटाएको छ । (एजेन्सी)