काठमाडौं, कार्तिक १९ । सिरियामा विद्रोही आइएसको कब्जामा रहेको दुई सय वर्ग किलोमिटर बराबरको क्षेत्र अमेरिकी गठबन्धन सेनाले पुनः नियन्त्रणमा लिएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाए अनुसार सिरियाको अल हावल शहरमा भएको विद्रोहीसँगको भिडन्तपछि गठबन्धन सेनाले सो क्षेत्र आफ्नो कब्जामा लिन सफल भएको हो ।
style=”text-align: justify;”>भिडन्तका क्रममा थुपै्र आइएस कार्यकर्ता घाइते भएका छन् । यस क्षेत्रमा आइएसले आतंकवादी गतिबिधि गर्नुका साथै कयौंलाई अपहरण गर्दै आएको थियो ।
अमेरिकी गठबन्धन सेनाले पछिल्लो समय सिरिया अरब कोलिसन नामको गुटमार्फत् आईएस बिरुद्ध कारबाही तीब्र पारेपछि आइएसको साख केही हदसम्म गिर्दै आएको छ ।
सिरिया र इराकमा एकैसाथ आतंकवादी गतिबिधी गर्दै आएको आइएसको हमलामा सयौंको मृत्यु भइसकेको छ भने लाखौं पलायन भएका छन् । (एजेन्सी)







