अघि बढ्न मन्त्रीहरुलाई निर्देशन

प्रधानमन्त्री सुशील कोइरालाले निर्धारित मितिमै संविधान जारी गर्नेगरी कामहरु अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषदको विहीबार बसेको बैठकमा प्रधानमन्त्री कोइरालाले माघ ८ मै संविधान जारी गर्नका लागि दलहरुबीच वार्ता जारी रहेको जानकारी दिँदै त्यसक्रममा लेनदेन हुनसक्ने बताएका थिए ।
संविधान निर्माणको वातावरण बनाउनेतर्फ लाग्न पनि प्रधानमन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिएका छन् । यस्तै, मन्त्रिपरिषद बैठकले जलविद्युत आयोजनाहरुमा आवश्यक सुरक्षाको प्रबन्ध मिलाउन गृह र उर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।