तीन दल र मधेसी मोर्चा सहमति नजिक

karyadal-518x335काठमाडौं- तीन दल र मधेसी मोर्चाबीच भएको छलफल सहमति नजिक पुगेको छ ।

आइतबार बसेको तीन दल र मधेसी मोर्चाको कार्यदलस्तरीय बैठकमा भएको छलफल निष्कर्षतिर अघि बढेको र सोमबारसम्ममा ठोस परिणाम आउनसक्ने नेताहरुले बताएका छन् ।

कार्यदलको बैठकले सहमतिको खाकासमेत तयार गरेको र शीर्ष नेताहरुसँगको छलफलपछि त्यसलाई अन्तिम रुप दिने तयारी गरेको बुझिएको छ ।

सिंहदरबारमा भएको बैठकपछि नेताहरुले राजनीतिक संयन्त्रमार्फत तीन महिना भित्र सीमांकनको विषयमा सहमति खोज्ने र बाँकी विषयलाई संविधान संशोधनमार्फत समेट्ने गरी छलफललाई निश्कर्षतिर पुर्‍याउन लागिएको बताएका हुन् ।