धनगढी- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेसी मोर्चासँगको वार्ता निष्कर्ष नजिक पुगेको बताउँदै सोमबारसम्ममा सहमति हुने दाबी गरेका छन् ।
कैलालीले धनगढीस्थित गेटा विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सोमबारसम्ममा मोर्चासँग सहमति हुने दाबी गरेका हुन् ।
संविधान संशोधनमार्फत समानुपातिक सहभागिताको अधिकार सुनिश्चित गर्ने र सीमांकनको विषय राजनीतिक समितिले तीन महिनाभित्र टुंग्याउने गरी सहमति बन्न लागेको दाहालको भनाइ थियो ।
राजनीतिक सहमतिका आधारमा संघीय प्रदेशको सीमा हेरफेर गर्न सकिने भन्दै उनले संविधान संशोधन प्रस्ताव पारित भएसँगै नाकाबन्दी खुल्ने बताए ।
मुलुकलाई निकास दिन राष्ट्रिय सरकार आवश्यक हुने भन्दै उनले त्यस विषयमा नेपाली कांग्रेससँग छलफल भइरहेको समेत बताए ।






