अमृत् शर्मा ,

सिड्नी ।  बाबा एजुकेशन कन्सल्टेन्सी को प्रस्तुतिमा नेपाली कथानक चलचित्र “पण्डित बाजेको लौरी” प्रदर्शन हुने भएको छ । आगामी सेप्टेम्बर २९ तारिकका दिन सिड्नी को सिविक थेटरमा चलचित्र प्रदर्शन हुने भएको हो।

विशेष गरी अष्ट्रेलियामा धेरै नेपाली चलचित्रहरु प्रदर्शन र बिविन्न स्थरीए कार्यक्रम गराएर चर्चा कमाई रहेको आर के एस अष्ट्रेलियाले नै यो चलचित्रलाई सिड्नीमा प्रदर्शन गर्ने जिम्मा लिएको हो।

अष्ट्रेलियामा रहेका नेपाली दर्शकहरुको नेपाली चलचित्र प्रतिको माया र सम्मान लाई मघ्यनजर गर्दै र विदेश मा पनि नेपाली चलचित्र को बजार प्रबर्धन गर्नका लागि आफुहरुले यो चलचित्र प्रदर्शन गर्न लागेको बताउनुहुन्छ आर के एस अष्ट्रेलियका डाइरेक्टर रविन्द्र कुमार शर्मा ।

झट्ट हेर्दा कमेडी र रोमान्स मिसिएको देखिने चलचित्र “पण्डित बाजे को लौरी “ अध्रीत फिल्म ले निर्माण गरेको हो। थमन भनडारी को निर्माण, कृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत साथै महेश दवाडीको कथामा बनेको चलचित्र “पण्डित बाजे को लौरी “ लाई दिपक ओलीले निर्देसन गरेका हुन् ।

चलचित्रमा प्रविन खतिवोडा, प्रमोद अग्रहरी, विजय बराल, सन्ध्या केसी, मरिस्क पोखरेल ,भोलाराज सापकोटा लगाएतका कलाकारहरुको अभिनय रहेको छ । नेपालको प्रदर्शनबाट राम्रै चर्चा बटुलेको यो चलचित्र ले सिड्नी का दर्सक लाई पनि भरपुर मनोरंजन गराउने कुरामा बिसोस्थ छ निर्माण पक्ष।

फेसबुक कमेन्ट