नारायण बेल्वासे ,

नदी कटान, भू–क्षय जस्ता दैवि प्रकोप नियन्त्रण गर्ने महान उद्देश्यले देशमा रहेका पुराना कार्यालयहरुलाई विस्तार गर्दै अर्थात छिटो छरितो र पारदर्शि तवरबाट जनतासंग समन्वय र सहजीकरण गर्दै दैवीप्रकोप नियन्त्रण कार्यमा सहजता आवस भन्ने हेतुले केही जल उत्पन्न प्रकोप डिभिजन कार्यालयहरुलाई टुक्राउदै देशका विभिन्न स्थानमा मिति २०७२÷२÷३१ को नेपाल सरकारको निर्णयानुसार थप डिभिजन कार्यालयहरुको स्थापना भएको थियो । जस मध्ये डिभिजन नं. १५ गोरुसिंङ्गे पनि एक थियो । यस डिभिजन कार्यालयको कार्यक्षेत्र गुल्मी, अर्घाखाँची र कपिलबस्तु रहेको छ । तत्कालीन अवस्थामा यस कार्यालयसंग न त जनशक्ति थियो, न त भौतिक पूर्वाधार थियो । परिस्थिती नाजुक थियो । कार्यालय गोरुसिंगेमा राख्नु पर्ने भएकोले सो स्थानमा बाहालमा घर पाउन समेत निकै हम्मे हम्मे परेको थियो । तत्कालिन डिभिजन प्रमुख माधव पौडेल हुनुहुन्थ्यो । उहाँ आफैमा एक साहासिक भएतापनि शारिरीक रुपमा अलि अशक्त हुनुहुन्थ्यो । सोही अवस्थालाई मध्यनजर गर्दै म स्थानिय बासिन्दा भएको र उक्त समयमा फुर्सदिलो समेत भएकोले उक्त कार्यालयमा कम्प्युटर अपरेटरको रुपमा मलाई कार्य गर्ने अवसर दिइयो । सो पुर्व म आफै कुनै पनि कार्यालयमा काम गरेको कार्यनुभव नभएको हुँदा हुँदै पनि उक्त कार्यालयलाई व्यवस्थापन गर्ने कार्यमा दृढतापूर्वक लागि नै रहे जसले मलाई केही हदसम्म सफल समेत तुल्यायो । अर्थात तत्कालिन कार्यालय प्रमुखले लाए अराएका कार्यहरु कुशलतापूर्वक सम्पन्न गरे । त्तकालिन अवस्थामा प्रशासन शाखामा समेत कुनै कर्मचारी नभएको, लेखापाल समेत नभएको, अन्य प्राविधिक कर्मचारीहरुपनि दरबन्दी अनुसार हाजिर नभएको अवस्थामा कार्यालय चलाउनु कार्यालय प्रमुखको लागि निकै चुनौती थियो । तर पनि शारिरीक रुपमा केही कमजोर भएतापनि मानसिक रुपमा निकै तन्दरुस्त कार्यालय प्रमुखले आफ्नो कार्यकाल भरी सफलतापूर्वक कार्यालयको व्यवस्थापन एवं साइडहरुको काम दृढता पूर्वक गर्नु भयो । यस कार्यालयलाई संचालन गर्नको लागि ३ जना प्राविधिक अर्थात इन्जिनियरहरु समेत आए पछि भने कार्यालय

संचालनमा खासै समस्या आएन, प्रशासनिक कार्यमा केही समस्या रहेतापनि प्राविधिक रुपमा भने केही हदसम्म सहजता आयो । उक्त कार्यालयको काम नै प्राविधिक क्षेत्र भएको र प्राविधिक क्षेत्रमा दरबन्दी अनुसारका कर्मचारी नभएतापनि कार्यालय संचालनलाई अति आवश्यक पर्ने पदहरु पदपुर्ति भएकाले सहजता हुँदै थियो । उक्त कार्यालयमा इन्जिनियरका रुपमा सुर्य बहादुर थापा, भोगेन्द्र प्रसाद शाह र अकल बहादुर महत हुनुहुन्थ्यो । मेरो कार्यालय सम्बन्धी पहिलो अनुभव भएकोले होला सायद कार्यालयमा इन्जिनियरहरुका लागि क्षेत्र विभाजन गर्दा होस् वा सामान्य कुरामा समेत एकै ओहोदाका एकै तहका कर्मचारी ज्यूहरु तछाड र मछाड गरेको देख्दा अचम्म लाग्थ्यो । त्यसको व्यवस्थापन कार्यालय प्रमुखले नै गर्नु पर्ने हुन्थ्यो र सहजाका साथ सबै कर्मचारीहरुलाई मिलाएर गोलबद्ध गर्नुहुन्थ्यो । बसस्थान देखि कार्यालय संचालनमा कुनै गुनासो नरहने गरी कार्यालय प्रमुखले व्यवस्थापन गर्नु भएको थियो । कार्यालयमा भौतिक अवस्था समेत नरहेको हुँदा शुरुका दिनहरुमा एउटा घर भाडामा लिएर पत्रिका विसाएर बसेका थियौ भने क्रमश फर्निचर तथा अन्य कार्यालयलाई आवश्यक पर्ने कम्प्यूटर, ल्यापटप देखि अन्य सामानहरुको परिपूर्ति हुदै गयो र हेर्ने लायक कार्यालयको रुपमा स्थापना भयो ।

प्राविधक क्षेत्रमा काम गर्ने इन्जिनियरहरुमध्ये अकल बहादुर महतलाई राम्रो संग कम्प्युटर चलाउन आउथ्यो भने अन्य सुर्य बहादुर थापा र भोगेन्द्र बहादुर शाह प्राविधिक भइकन पनि कम मात्रमा आउथ्यो । जसका निम्ति मैले नै निजहरुलाई सहयोग गर्नु पथ्र्यो । प्रशासनीक काम एवं प्रविधिकहरुका कामले खासै फुर्सद हुँदैनथ्यो । अझ भन्ने हो भने कार्यालय समय भन्दा बढी समय दिएर कार्यहरु गर्नु प्रथ्यो । तर पनि मलाई आफ्नो क्षेत्रमा आएको नया कार्यालयलाई व्यवस्थापन गर्न पाएको मौकाले खासै नैरस्यताको अनुभुति भएको थिएन । तर आफ्नै क्षेत्रमा भएका दैवि प्रकोपमाथि प्राविधिकहरुले लगाएको गिद्दे दृष्टिले भने मलाई चुप लागेर बस्न मन लादैनथ्यो र बेला बेलामा आफु भन्दा सिनियर र आफुले मान्नु पर्ने व्यक्तिहरुसंग ठकराव पर्दथ्यो । अनि निजहरुले नै कार्यालय प्रमुखलाई गुनासो गर्थे र कार्यालय प्रमुखले म संग स्पष्टीकरण लिनुहुन्थ्यो मैले यथार्थ कुरा बताएपछि निजबाट मलाई त्यस्तो कुनै किसिमको व्यवहार हुँदैनथ्यो । मैले आफ्नो

कार्य सम्पन्न नै गर्थे । जसले मेरा कार्यमा तत्कालीन कार्यालय प्रमुख सन्तुष्ट नै हुनुहुन्थ्यो । फलत वहाँको सरुवा भयो । हुन त म उक्त कार्यालयहरुका प्राविधिकहरुको प्रत्यक्ष जनताको मारमा लगाएको गिद्दे दृष्टि एवं गतिविधिबाट म असन्तुष्ट रहेको हुँदा उक्त कार्यालयमा काम गर्ने जागर मरि सकेको थियो जुन कुरा मैले पटक पटक तत्कालिन कार्यालय प्रमुख एवं प्राविधिक इन्जिनियरहरुलाई बताउँदै आएको पनि थियो । तर पनि कार्यालय प्रमुखको आग्रहमा म त्यतिकै च्यात्त छोडेर हिड्न सकेको थिइन । अझ भनौ वहाँकै आग्रहमा म समालिएको थिए । त्यस कार्यालय भित्र प्राविधिकहरुको मनपरि तन्त्रलाई कतिबेला बाहिर गएर फुकाउ जस्तो भएको थियो । प्राविधिकहरुको रोहवरमा पार्टीको खोल ओडेर नादी नालाको व्यापार गर्नेहरु भनौ या उपभोक्तका नाममा विचौलिया बनेर ति प्राविधिकहरुलाई खुस पार्नेहरु विच भएको टकराव अझ हेर्न लायक हुन्थ्यो । तिनीहरु बसेर एकआपसमा खोलाको बाँडफाँड गर्थे, कमिशनमा बार्गेनिङ्ग गर्थे यो दृश्य अझ लाजमर्दो हुन्थ्यो । आफु तै चुप मै चुप भएर बस्नु बाहेक अरु कुनै उपाय थिएन । कार्यालयमा बसी सकेपछि उक्त कार्यालयको परिधिमा रहनु पर्ने बाध्यताले गर्दा मुटुलाई ढुङ्गाको भारी बोके झै थेग्नै नसके पनि थिचिएर बस्नु प्रथ्यो । अझ भनौ टुलु टुलु हेरी बसेको थिए । जुन कार्यले मेरो मन अतिनै प्रताडित भएको थियो । तरपनि कतिपय स्थानका प्राविधिकले बनाएका स्टिमेटमा तगारो बनेर सच्याउन लगाउथे । प्राविधिक र विचौलियाहरुको साठगाठलाई रोक्नखोज्थे । मेरो यो कार्य प्राविधिक एवं विचौलिया बनेर खान पल्केकाहरुलाई मन परेको थिएन । यस्तै अवस्था संयोग बस २०७३ मंसिर महिनामा तत्कालिन कार्यालय प्रमुख माधव पौडेलको सरुवा भयो । अब भने मौका यही हो यस कार्यालय अर्थात यस कुवाबाट निस्कने भन्ने मौका छोपी म पनि उक्त कार्यालयबाट निस्कने मनस्थितीमा पुगेको थिए । माधव पौडेलको सरुवा भइ सकेपछि उक्त कार्यालयमा कार्यालय प्रमुखको रुपमा आउनु भएका दिनेश रेग्मीसंग भने मेरो खासै उठाबसी भएन । उठाबसी हुने वातावरण समेत मिलेन किन कि उहाँ उक्त कार्यालयमा आउदा मेरो अप्रेश भएकोले म काठमाण्डौमा थिए । सोही बखत निज उक्त कार्यालयमा हाजिर हुनुभयो । यता माधव पौडेलको रमाना तयार पार्नु पर्ने भएकोले मेरो पित्त थैलिको अपरेशन गरेको ३ दिनमै म कार्यालयमा हाजिर भए

। सोही दिन मैले उहाँ (दिनेश रेग्मी) लाई झर्लझुलु देखेको थिए र सोही समयमा सामान्य परिचय समेत भएको थियो । अर्को दिनदेखि उहाँ हाजिर भई पुन काठमाण्डौतिर लाग्नु भयो । माधव पौडेल रमाना लिई पोखरा गएपछि उहाँ आउनु भयो र करीब हामीहरु एक महिना सम्म सगै कार्य ग¥यो । तत् अवस्थामा वहाँबाट मलाई कति बेला पनि कुनै अपजक्सन आएन । अर्थात कुनै बेला पनि म प्रति उहाँले म संग मेरो बारेमा असन्तुष्टि जाहेर गर्नु भएन । तर जब जब विस्तारै त्यहाँका प्राविधिक कर्मचारीको मनपरि तन्त्रमा रोकावट गर्ने मेरो चेष्टालाई मन नपराउनेहरुले उहाँका कान भरेको हुनुपर्छ । राजनैतिक दाउमा लागेकाहरुले धमिलो पानीमा माछा मार्ने उद्देश्य अनुरुप चलेको कदम हुनुपर्छ एकाएक उहाँमा परिवर्तन आयो । म मा पनि उक्त कार्यालयमा रहेर कार्य गर्ने मनस्थिती करिब करिब समाप्त भइ सकेको थियो । मैले पौष महिनाको मसान्त अर्थात २०७३ पौष २९ गते नै उक्त कार्यालयमा जानकारी गराई आफु काम गर्न नसक्ने भन्ने व्यहोराको पत्र लेखि तत्कालिन अवस्थाका निमित्त कार्यालय प्रमुख बन्नु भएका सुर्य बहादुर थापालाई पत्र बुझाए र म उक्त कार्यालयबाट बाहिर आए । सोही दिन साँझ कार्यालय प्रमुखले मलाई फोन गर्नुभयो मैले ठिक छ सर कार्यालयमा अनियमितता नहोस् कार्यालय सु शासनमा चलोस, भ्रष्टाचार नहोस् म सहयोग गर्छु अन्यथा त्यसैलाई निगरानी गर्छु भने । मैले सोचेको थिए पुर्व कार्यालय प्रमुखको शारिरीक कमजोरीका कारण फाइदा लिन पल्केका प्राविधिक इन्जिनियरहरु अब तन्दरुस्त एवं सक्षम नया कार्यालय प्रमुख आएपछि ठिक होलान, अब नया कार्यालय प्रमुख आएपछि कार्यालय पनि सुधार होला, प्राविधिक पनि सुधार होलान, सु शासन होला, विकासले प्राथमिकता पाउला, भ्रष्टाचारमा सुन्यता आउला तर अहिले उक्त कार्यालय त झन विचौलियाको चंगुलमा फसेको रहेछ, भ्रष्टाचारमा रुमलिएको रहेछ, कार्यालय प्रमुखले नै उक्त कार्यमा मलजल गर्दा रहेछन्, उपभोक्तको नाममा विचौलिया प्रयोग गर्न खप्पीस भएछ । कमशिनको झोला बोकेर धाउनेहरुलाई काम गर्न दिइदो रहेछ । वास्तविक उपभोक्ताको हो चिन्दा नै रहेनछन् । उपभोक्ताले म त फलनाले पठाएर आएको (कार्यालयबाट सेट गरिएका विचौलियाहरु) भन्ने वातावरणको विकास भएको रहेछ । सु शासनलाई तिलान्जली दिएछन् । भ्रष्टाचारलाई मलजल गरिएछ । उपभोक्ताका नाममा २÷४

जना विचौलिया चिन्दा रहेछन् । उपभोक्ता गठन गर्ने देखि लिएर काम गर्ने जिम्मा समेत उक्त कार्यालयले निजहरुलाई नै दिएको रहेछ । खोलाहरु विचौलियाका जिम्मा लगाएका रहेछन् । उनिहरुले जे भन्यो त्यही हुदो रहेछ । उनिहरुले जहाँ भन्छन् बजेट पनि त्यही खर्च हुदो रहेछ । कार्यालयले पहिला भन्दा निकै प्रगति गरेछ अझै भनौ सुशासनमा भन्दा भ्रष्टाचारमा त काचुली नै फेरेछ । अख्तियारीको धज्जी उडाएछन् । ऐन, नियम र कानुनलाई लत्याएछन् । सकभर सच्चा उपभोक्तालाई कामै गर्न नदिने षडयन्त्र गरिदो रहेछ जसको मार म स्वयंले पनि भोग्नु प¥यो । म पनि उक्त कार्यालय मातहतको उपभोक्ता भएको र उपभोक्ताका नाताले आफ्नो क्षेत्रका उक्त कार्यालयबाट हुने केही काम उपभोक्ता मार्फत आफैले गर्नु प¥यो भन्ने उद्देश्यले उक्त कार्यालय जाँदा बुझ्दा हामीलाई काम गर्न निकै सघर्ष गर्नु प¥र्यो । त्यहाँत पहिला प्राविधिकहरुबाट प्रशिक्षण लिनु पर्दो रहेछ । उक्त प्रशिक्षणमा सुगालाई रटाए जस्तो कमिशन र प्रतिशतका बारेमा रटाइदो रहेछ । प्रतिशतको हिसाबमा कमिशन आउने निश्चितता भएपछि मात्र काम गर्न दिइदो रहेछ । आफ्नो क्षेत्र (गाउ ठाउँ)को काम उपभोक्ताले गर्न निकै ठूलो संघर्ष गर्नु पर्दो रहेछ । हामी उपभोक्त समिति गठन गरि उक्त कार्यालयमा जादा हाम्रो क्षेत्रको नदी त कुनै अर्कै विचौलियाको भागमा परेको कुरा कार्यालय प्रमुखबाटै जानकारी समेत पायौ । बढो सहजता पूर्वक भनियो त्यो काम त फलानोले गर्छ तपाइहरुले सहयोग गरिदिनुस । हामीलाई सुन्दा लाज लाग्यो, आत्म गलानी भयो तर उहाँहरुत बढो स्फुर्तीका साथ भन्दै हुनुहुन्थ्यो यो नदी त उसको भागमा परेको छ काम त उसैले गर्छ अन्यथा बजेट अन्यत्रै खर्च हुन्छ । उहाँको यो नै सु शासनको पाटो रहेछ । यो नै उहाँको कुशल भाषा रहेछ । यो नै उहाँले प्राप्त गरेको अख्तियारी रहेछ र यो नै उहाँको समृद्ध नेपालको ढाँचा रहेछ । यस तवरबाट प्राविधिक क्षेत्रका राष्ट्रसेवकबाट भएका कार्यहरुले के अब राष्ट्र समृद्धी होला ? के अब सुशासन आउला ? आम जनताले विकासको अनुभुती गर्लान ? भ्रष्टाचार शुन्यमा झर्ला ? के अब सबै नेपाली सुखी होलान ? अब यस्ता राष्ट्रसेवकलाई कार्यवाही होला की नहोला ? आम जनताले सरकार भएको अनुभुति गर्ने कहिले ? प्रश्न उठेको छ ।

फेसबुक कमेन्ट