कांग्रेस माओवादी र गठबन्धन भाडिएको वार्ता जारी

prachand-2काठमाडौं- सहमतिलाई लिखितरुपमा हस्ताक्षर गर्न कांग्रेस माओवादी र संघिय गठबन्धनबीच आज फेरि शुरु भएको छ । बिहान ९ बजे भएको वार्तामा गठबन्धनले मतदान गर्ने वा नगर्ने विषयमा छलफल हुँदैछ ।
तीन बुँदे प्रारम्भिक सहमति गरेर नयाँ प्रधानमन्त्रीको निर्वाचनमा प्रचण्डको पक्षमा मतदान गर्ने निकर्षमा पुगेको मधेसी मोर्चासहितको संघीय गठबन्धन असन्तुष्ट बनेको हो । तीन बुँदामा प्रष्ट नभएको भन्दै सातबुँदे बनाइएको थियो । सातबुदेमा हस्ताक्षर गर्न प्रचण्ड नआएपछि वार्ता भाडिएको थियो ।
सम्झौता भएपछि मात्रै गठबन्धनले प्रधानमन्त्रीको चुनावमा मतदान गर्नेछ ।
सरकार गठनको गृहकार्यमा जुटेका कांग्रेस–माओवादी गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनबीच अन्तिम चरणमा पुगेर सहमति भाँडिएको छ । कांग्रेस–माओवादीले गठवन्धनले राखेको माग मुलुकको हकविपरीत भएको भन्दै अस्वीकार गरेपछि सहमति हुने विन्दुमा पुगेर वार्ता भाँडिएको हो ।
सहमतिपत्रमा हस्ताक्षर हुने भएपछि माओवादी अध्यक्ष्य पुष्पकमल दाहाललाई प्रधानमन्त्री निर्वाचित गर्न समर्थक बसेका मोर्चाले अन्तिम समयमा धोका भएको प्रतिक्रिया दिएको छ । यसैबिच सम्झौता नभइ भोट खसाल्नुको कुनै अर्थ नभएको गठवन्धनले जनाएको छ । सम्झौताको अन्तिम तयारी हुदै थियो,खोइ के भयो कुन्नि, अन्तिममा धोका भयो, सायद अर्को उम्मेदवार नदेखेर होला,कांग्रेस र माओवादी सहमतिबाट पछि हटे,संघीय गठवन्धनका संयोजक उपेन्द्र यादवले भने ।