राप्रपा नेपाल प्रचण्डको विपक्षमा मतदान गर्ने

kamal thapaकाठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रधानमन्त्रीका एक्ला उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विपक्षमा मतदान गर्ने भएको छ ।
राप्रपा नेपाल संसदीय दलको बुधबार विहान बसेको बैठकले प्रचण्डको विपक्षमा मतदान गर्ने र सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको हो । राप्रपा नेपाल संसदको चौथो ठूलो दल हो ।
सोही विषयमा निर्णय गर्न मंगलबार राप्रपा नेपालको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो । तर बैठकबाट मिश्रित धाराणा आएको भन्दै निर्णय हुन सकेको थिएन । राप्रपाका २५ सांसद रहेका छन् ।
राप्रपा र राप्रपा नेपालबीच एकीकरणको प्रयास समेत भइरहेको छ ।