काठमाडौं- पूर्व मिस नेपाल तथा चलचित्रकी निर्मात्री माल्भिका सुब्बाले आगामी वैशाख १७ गते आफू आमा बन्न लागेको जानकारी दिएकी छन् ।
शनिबार काठमाडौंमा चलचित्र ‘हाउ फन्नी’को ट्रेलर लन्च कार्यक्रममा उनले यस्तो जानकारी दिइन् । चलचित्रको ट्रेलर र २ गीत सार्वजनिक गरिएको कार्यक्रममा माल्भिका उत्साहित देखिइन् ।
माल्भिकाले भनिन्- ‘वैशाख १० गते मैले निर्माण गरेको पहिलो चलचित्र प्रदर्शन हुनेछ । त्यसको एक सातापछि अर्थात वैशाख १७ गते मेरो पेटमा रहेको बच्चा बाहिर आउनेछ ।’
फेसबुकमा तस्बिर पोष्ट गरेर आफू गर्भवती भएको सार्वजनिक गरेकी माल्भिकाले चलचित्रको कार्यक्रममा डेलिभरी समय पनि सार्वजनिक गरिदिइन् । यो चलचित्रको माल्भिका कार्यकारी निर्मात्री हुन् ।






