सुरेन्द्र इङ्नाम, केन्ट–
बेलायतमा बाँसुरी बाँधकहरुको समुह गठन भएको छ । अल्डरसटको एम्पायर हलमा गत १७ तारीख २०१९ को दिन बाँसुरी समुह यूके”ले दोस्रो भेला सम्पन्न सम्पन्न गरेको हो। यस समुहको स्थापना सन २०१७ तिर फेसबुक मार्फत खड्क क्षेत्रीले सुरु गरेका हुन । यूकेमा रहेर पनि नेपाली लोक बाँदनलाई जगेर्ना गर्नु तथा सम्बर्धन गदै जानु उक्त ग्रुपको मुख्य उदेस्य रहेका हो । त्यसै अनुरुप सदस्यहरु बड्दै गए सँगै बेलायतमा हुने कार्यक्रमहरुमा निमन्त्रणा आउन थाले पछि कार्य समिती खडा गरेर साङ्गठनिक रुपले अघि बड्न सजिलो हुने भएकोले आजको मिती देखि कार्य समितीको चयन गरिएको छ । उक्त “बाँसुरी समुह यूके” ले गत वर्ष “बासुरी चौतारी बेलायत” को नामले पहिलो भेला सन २०१८ मा गरेको थियो, जुन क्लोज ग्रुप भएको हुनाले यस वर्षबाट ओपन फेसबूक पेज जस्लाई “बाँसुरी समुह यूके”नाम राखेर आजकै मिती बाट सञ्चालनमा ल्याएको छ ।
“बाँसुरी समुह यूके”को नयाँ कार्य समितीको अध्यक्षमा खड्क क्षेत्री सचिवः सेमन्त राई कोषाध्यक्षः लोक थापा ब्यावस्थापनः कुल थापा पि आर तथा मेडियाः सुरेन्द्र इङ्नाम सल्लाहकारः दिपक चाम्लिङ् “प्रतिसुच्चा” सदस्यहरुः बिस पुन भरत राई कमल थापा मेघ गुरुङ्ग भुपाल गुरुङ्ग पदम गुरुङ्ग सहितको समित्ति रहेको छ ।
बिगत वर्ष जस्तै यस वर्ष पनि बाँसुरीमा डिप्लोमा गरेका, सास्त्रिय सङ्गीत सिकेका साथै बाँसुरीमा एक दसक खोज अनुसन्धान गर्नु भएका दिपक चाम्लिङ्ले केहि ज्ञानहरु समुहलाई बाँडेका थिए त्यस पश्चात उन्ले केहि मिठा बाँसुरीका धुनहरु पनि सुनाएका थिए । कार्यक्रमको अन्त्य पछि भेटघाट रेष्टुरामा गएर रात्रीभोज साथै राती ९बजे सम्म बाँसुरी बजाएर रमाईलो पनि गरे साथै त्यहा उपस्थित सबैलाई भरपुर मनोरञ्जन पनि दिलाए ।






