लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन ) यूके वेल्स राज्य समन्वय परिषदको एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र नेपाली समाज वेल्स, युकेको सहकार्यमा शनिबार बिशेष अन्तरक्रिया सम्पन्न भएको हो | विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आउनुभएका आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका माझ उहाँहरुमा रहेका बिभिन्न समसामयिक कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले उक्त अन्तरक्रिया वेल्सको राजधानी कार्डिफमा आयोजना गरिएको थियो |
बिसुद्द समसामयिक बिषयमा केन्द्रित रहेर छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहँदै प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गरिएको यस कार्यक्रम राज्य समन्वय परिषद, वेल्सको तेश्रो र बिशेष कार्यक्रम हो। गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र वेल्सको राजधानी कार्डिफ सहरमा रहेको नेपाली सँस्था नेपाली समाज वेल्स, युकेको सहकार्यमा आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रम राज्य समन्वय परिषद्का सचिव श्री निर लाल मोक्तानले संचालन गर्नु भएको थियो।
राज्य समन्वय परिषद्का अध्यक्ष राम चन्द्र पोखरेलले अध्यक्षता गर्नु भएको यस कार्यक्रममा नेपाली समाज वेल्स, युकेका अध्यक्ष श्री अमृत घलेले बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा राज्य समन्वय परिषद, वेल्सलाई धन्यवाद दिदै कार्यक्रममा उपस्थित सम्पूर्णमा हार्दिक आभारका साथ कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो भने नेपाली समाज वेल्स, युकेले यस कार्यक्रममा सहकार्य गर्ने अबसरको लागि हार्दिक कृतज्ञता ब्यक्त गर्नुभयो। तमु पे ल्हु संघ, युकेका अध्यक्ष, गैर आबासिय नेपाली संघ बेलायत राष्ट्रिय तथा राज्य समन्वय परिसदका सल्लाहकार, एबम समाजसेवी मेजर रिटायर्ड खुशिमान गुरुङ एम.भी.ओ.ले बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा राज्य समन्वय परिषद, वेल्सलाई धन्यवाद दिदै उहाँकै पहलमा हालसालै वेल्स राज्यको ब्रेकन सहर र पोखराको धम्पुस गाउँपालिकासंग भगेनी सम्बन्ध स्थापना भएकोमा खुशी ब्यक्त गर्दै भगेनी सम्बन्ध स्थापना गर्दाको प्रक्रियावारे जानकारी गराउनु भएको थीयो। 
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषदका महासचिव राज कुमार त्रिपाठीले रास्ट्रीय र अन्तरास्ट्रिय रुपमा गैर आबासिय नेपाली संघले गरेका बिशेष कार्य तथा उपलब्धि बारे चर्चा गर्नुका साथै गैर आवासिय नेपाली नागरिकताको लागी नेपाल सरकारसंग गरेका पहलहरुका वारेमा प्रकाश पार्नुभयो। उहाले गैर आवसिय नेपाली संघलाई अझ बलियो बनाउनको लागि सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुको सहयोग आवश्यक पर्ने समेत बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष शेर बहादुर सुनारले गैर आवासिय नेपाली संघ र भू पु गोर्खाहरुको सम्बन्ध र गोर्खा आन्दोलनको बिषयमा प्रकाश पार्नुका साथै गैर आबासिय नेपाली संघ र यसका सदस्यता सम्बन्धि सम्बोधन गर्नुभयो। उँहाले बेलायतमा रहेका प्रतेक राज्य र क्षेत्रमा गैर आबासिय नेपाली संघ पुग्ने अठोटका साथ आगाडी बढेको र बढी भन्दा बढी सदस्यता बनाउदै विश्वभरिका गैर आबासिय नेपालीको मुद्दामा एकढिक्का भएर अगाडी बढ्न सबैमा हार्दिक अनुरोध गर्नुभयो।
अन्तरक्रिया कार्यक्रमका बिशेष आकर्षण अधिबक्ता गोबिन्द बेलबासेले गैर आवासिय नेपाली संघ र बिदेशमा रहनुभएका गैर आवासिय नेपालीहरुको सम्बन्धको बिषयमा गहिरो चर्चा गर्दै आफ्ना अधिकारका लागि सबै मिलेर आगाडी बढेमा सफलता प्राप्त हुने सुझाब दिनुभयो | उहाँले नेपालको बर्तमान कानुनी व्यबस्था, गैर आबासिय नेपाली नागरिकताको बिषयमा चलेको बहस सरल भाषामा ब्याख्या गर्दै तेसले गैर आवासिय नेपालीहरुमा पर्न सक्ने व्यवधानप्रति समिक्षा गर्नुभयो।अधिबक्ता बेलबासेले नेपाली नागरिकता निरन्तरता आन्दोलनको बिषयमा प्रकाश पार्दै यस अभियानमा सबै गैर आवाशीय नेपालीले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अति आबश्यक रहेको कुरा प्रस्ट पार्दै गैर आबासिय नेपाली संघले नागरिकताको बिषयमा अझ धेरै काम गर्न बाँकि रहेको धारणा व्यक्त गर्नुभयो। त्यसै गरी गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषदका सल्लाकार कमल पौडेलले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै नेपाल पैसा पठाउँदा गैर तरिकावाट पठाउँदा जोखिम धेरै हुने सम्भाबना रहेको र नेपाललाई राजस्व पनि नआउने हुँदा रजिस्टर्ड संस्थाहरुवाट पठाउँदा राम्रो हुने धारणाका साथ जानकारी गराउनु भयो।
कार्यक्रमको प्रश्न र उत्तर सेसनमा विभिन्न महानुभाबहरुबाट आएका प्रश्नहरुलाई सम्बोधन गरिएको थियो। कार्यक्रमका अध्यक्ष एबम राज्य समन्वय परिषद, वेल्सका अध्यक्ष राम चन्द्र पोखरेलले अन्तरक्रिया कार्यक्रमको महत्वबारे प्रकाश पार्दै कार्यक्रममा उल्लासमय उपस्थिति जनाउनु हुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुप्रति हार्दिक आभार ब्यक्त गर्नु भयो | अध्यक्ष पोखरेलले आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुको पिर, मर्का र समस्या बुझ्न यस्ता खालका कार्यक्रमहरु आयोजना गर्दै राज्य समन्वय परिषद समक्ष आएका समस्याहरुको निराकरणको लागि सकेको पहल गर्ने प्रतिबद्दता ब्यक्त गर्दै कुनै समस्या भएमा बिना हिचकिचावट सम्पर्क गर्न अनुरोध गर्नुभयो भने कार्यक्रम सफल पार्न हरतरहले सहयोग पुर्याउनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयो | कार्यक्रम वेल्स राज्यको राजधानी कार्डिफ सहरको कन्जरभेटिभ सोसल हलमा गरिएको थियो |






