भक्तपुरको यती कार्पेट उद्योगमा आगलागी

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित यती कार्पेट उद्योगमा भीषण आगलागी भएको छ ।
शुक्रबार राति साढे ११ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरबाट गएका ८ वटा दमकल, सुरक्षाकर्मी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा प्रयास भइरहेको हो ।

आगलागीबाट उद्योग जलेर ध्वस्त भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।