काठमाडौं- काल्सबर्ग बियरको ‘लिभ इट लाइभ’ कार्यक्रमअन्तर्गत् फ्रान्समा हुने युरोकप फुटबल प्रतियोगिता हेर्ने चिट्ठा नेपालबाट जापानी नागरिकले जितेका छन् ।
लक्की ‘ड्र’मार्फत् एकजना उपभोक्ता र १० ‘ट्रेड पार्टनर’ छनोट गरिएकोमा जापानी नागरिक युको खाताकी छनोट भएका हुन् ।
उनले आगामी जुन १७ मा हुने इटाली र स्वीडेनबीचको खेल अतिविशिष्ट अतिथिकोरुपमा हेर्न पाउनेछन् ।
खाताकी विदेशी नागरिक भएकाले उनलाई भिसाको समस्या भए वैकल्पिक विजेताकोरुपमा ठमेलका हिमाल पुरी र बौद्ध, टुसालका निशान तामाङलाई लक्की ड्रमार्फत छानिएको छ ।






