स्तन क्यान्सरबाट पीडित |

२५ पुस, स्तन क्यान्सरबाट पीडित मोरङ टाँडी—६ रचनाकी रुपमाया श्रेष्ठलाई उपचारका लागि देशविदेशबाट सहयोग रकम जुटिरहेको छ । रुपमायाकी दिदी सावित्रा श्रेष्ठले उपचारका लागि आर्थिक समस्या भएको भन्दै सहयोगको याचना गरेपछि सहयोग रकम जुट्न थालेको हो – उपचार खर्च महङ्गो भएकोले आर्थिक भार थाम्न नसकेको बताउँदै सावित्राले सकेको सहयोग गरेर आफ्नी बहिनीको ज्यान जोगाई दिन आग्रह गरेकी छिन् । रुपमायालाई सहयोग गरेर ज्यान बचाईदिन चाहनु हुने महानुभावले प्रभु बैंकको खाता नम्बर ०१४००००३८६ के. एस.मा रकम जम्मा गरिदिन सक्ने पनि श्रेष्ठले जानकारी दिइन् । साथै बिरामीको बारे बुझ्न र सहयोग गर्न चाहनु हुने महानुभावले ९८४२६३१२४३ मा सम्पर्क गर्न सक्ने बताइएको छ । अहिले रुपमाया भरतपुर क्यान्सर अस्पतालमा मृत्युसँग संघर्ष गर्दैछिन् । – सावित्राले सहयोग गर्नुहुने माहानुभावलाई धन्यवाद ज्ञापन गर्दै अन्य दाताहरुबाट थप सहयोगको अपेक्षा गरेकी छिन् । –Image Title