साझा नेपाली समाजले जाजरकोटका भूकम्प पीडितका लागि गरेको च्यारिटिमा उठ्यो ६ लाख

लण्डन । साझा नेपाली समाज युकेले ६ महिना अगाडि जाजरकोट जिल्लामा गएको विनासकारी भूकम्पबाट भक्तिएका स्कूल वा स्वास्थ्य चौकीको संरचना पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले यही २७ मे २०२४ मा मिडल्याण्ड लेस्टरको मार्केट हार्वोरो टाउनमा अवस्थित अवतार रेस्टुरेन्टमा एक भव्य च्यारिटी डिनर साँझ सम्पन्न गरेको छ।

उक्त च्यारिटी डिनरबाट २८०४ पाउण्ड संकलन भएको र संकलित सहयोग कार्यक्रम संयोजक साझा नेपाली समाजका सचिव सुरेश केसीले साझा नेपाल समाजका ट्रस्टी दयानिधि सापकोटा र महासचिव शशांक शर्मालाई हस्तान्तरण गरेका छन् ।

साझा नेपाली समाज युकेका महासचिव शशांक शर्माले उक्त सहयोगले जाजरकोटमा भत्किएको कम्तिमा एउटा स्कुल वा स्वास्थ्य चौकीको पुनर्निर्माण गरिने बताएका छन्। नेपाली समुदायको भन्दा स्थानीय व्रिटिस समुदायको बाक्लो उपस्थित रहेको च्यारिटी डिनर सॉंझमा उपस्थित सबैलाई समाजका ट्रस्टी एवं समाजिक अभियन्ता दयानिधि सापकोटा र समाजका अध्यक्ष दीपक सापकोटाले धन्यवाद व्यक्त गरेका थिए ।

कुनै औपचारिकता बिना भिन्न रूपले आयोजित शुद्ध च्यारिटी डिनर कार्यक्रम दृष्यले भन्दा प्रेम र करुणाले भब्य बन्यो । च्यारिटी सॉंझमा प्रस्तुत विद्यालय र हेल्थपोस्टको तस्बिरर देखेर उपस्थित सबैका आँखा अगाडि आफ्ना नानीबाबुहरु लगायत बिमारीहरुको अनुहार बिम्ब बनेर आयो । च्यारिटी सहयोगका लागि डिनरमा सहभगि स्थानीय नेपाली रेस्टुरेन्ट अवतारका रेगुलर पाउनाहरू निकै भावुक देखिन्थे । उनीहरूले यस्तो सहयोगी कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए।

कार्यक्रममा राफल ड्रबाट ६५० पाउण्ड सहयोग संकलन गरिएको थियो भने विजेताहरूलाई नेपाली सोभिनियरका उपहार दिएको थियो ।

च्यारिटी डिनर सॉंझमा मिडल्याण्ड क्षेत्रका समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो। समाजका सल्लाहकार केशब भण्डारी ,बलराम चापागाई ,राजेश मणि लामिछाने,यार्डली शोलिहुल नेपाली परिवारका अध्यक्ष गोकर्ण हुमॅागाई,गोबिन्द सापकोटा,प्रकाश कंडेल,श्रृजनशिल नेपाली समाजका अध्यक्ष पुन्डरी अर्याल, नटिंघम नेपाली समाजका अध्यक्ष राम प्रसाद पन्थी,शुरेश पौडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सफल बनाउन अवतार डाइनिंग रेस्टुरेन्टका सुरेश केसी , एन्जी शाही लगायत सम्पूर्ण स्टाफहरूको निकै नै सक्रिय सहयोग रहेको थियो ।