केपी ओलीले ताप्लेजुङमा भनेः ‘योगेशलाई सांसद जिताउनुस्, मन्त्री बनाएर पठाउँला’

????????????????????????????????????

ताप्लेजुङ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगेश भट्टराईलाई मतदान गर्न अनुरोध गर्नु भएको छ ।

अध्यक्ष ओलीले भट्टराईलाई संसद बनाएर पठाउन स्थानीयण्लाई आग्रह गर्दै आफूले मन्त्री बनाउने आश्वासन दिनु भएको छ । ओलीले भन्नुभयो, ‘योगेशलाई तपाईहरुले संसद बनाएर पठाउनुहोस्, म मन्त्री बनाएर पठाउँला ।’

ताप्लेजुङको तक्मेबजारमा आयोजित कार्यक्रममा ओलीले भन्नुभयो, भट्टराई ताप्लेजुङबासी सबैको मनमा बस्न सफल साझा उम्मेदवारको रुपमा लिन आग्रह गर्नुभयो ।’

अध्यक्ष ओलीले चुनावपछि एमाले र माओवादीबीच एकता हुने बताउनु भयो । निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सूर्य चिन्हमा चुनाव लड्न तयार भए पनि माओवादीभित्रको छलफलको कारण सफल नभएको उहाँले जानकारी गराउँदै भबिष्यमा पार्टी एकीकरण हुने ठोकुवा गर्नुभयो ।