सामाजिक सुरक्षा भत्ता ५ हजार बनाउँछौं : एमाले सचिव विष्ट

गुल्मी १९ कात्तिक । नेकपा एमाले सचिव गोकर्ण विष्टले सामाजिक सुरक्षा भत्ता ५ हजार हुने बताएका छन । स्थिर सरकार र समृद्धीका लागि वाम गठबन्धन निमार्ण भएर चुनावी मैदानमा रहेकाले अव बन्ने सरकारले सामाजिक सुरक्षा भत्ता ५ हजार बनाउने बताए ।

गुल्मीको प्रतिनिधी सभा क्षेत्र नम्वर २का वामगठबन्धनका उम्मेदवार समेत रहेका विष्टले वृद्ध,अपाङ्ग, दलित, महिला जनजाती लगायत सवै क्षेत्रको सबिधानमा लेखिएका अधिकारहरु ब्यवहारमा लागु गर्नका लागि वाम गठबन्धन निमार्ण भएकाले अव निर्वाचन पछि बन्ने सरकारले सामाजिक सुरक्षा बृद्धि गर्ने दावी गरे ।

आईतवार विहान वाम गठबन्धन मुसिकोट नगरपालिका वामीटक्सारले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गदै उनले निर्वाचनमा वाम गठबन्धनको दुई तिहाई बहुमत आउने दावी गदै त्यसपछि बन्ने सरकारले सामाजिक सुरक्षा बृद्धि भई ५ हजार पुग्ने ठोकुवा गरे । ‘अहिले बृद्ध भत्ता मासिक २ हजार छ ’, उनले भने,‘ यसलाई बढाएर मासिक ५ हजार बनाउन कुनै समस्या छैन ।’ साथै उनले देशलाई सम्पन्न मुलुकका रुपमा चिनाउन र यहाँका जनताको जिवनस्तर माथी उठाउनका लागि यो वाम एकता भएको स्पष्ट पारे । उनले १ स्थानीय तहमा १ उद्योग सञ्चालन गर्ने, टेक्निकल शिक्षालय स्थापना गर्ने, प्रत्येक घरमा खानेपानीको धारा, सिचाई, अस्पताल निमार्ण लगायतमा नयाँ ढगंले विकास गर्नका लागि पनि आफु गुल्मी क्षेत्र नम्बर २ वाट प्रतिनिधी सभा निर्वाचनका उम्मेदवार भएको बताए । साथै उनले बिएसम्म निशुल्क शिक्षा प्रदान गर्ने समेत बताए ।

नेता विष्टले कार्यक्रमलाई सम्वोधन गदै मुसिकोट नगरपालिकाको गूरु योजना निमार्ण गर्ने काम अगाडि बढीरहेको जानकारी गराउदै गूरु योजना सम्पन्न भएपछि मुसिकोट नगरपालिका देशकै नमुना बन्ने बताए । ‘म आफु जनताको काम गर्नका लागि सेवकको रुपमा उपस्थित भएको छु’ विष्टले भने ‘मैले राजनितीलाई गफको रुपमा हैन, जनताको विकास र समृद्धीसगँ बुझेको छु ।’