- शिव भण्डारी
लन्डन– उत्तरी लन्डनको फिन्सबरी पार्क मस्जिद नजिकै सोमबार बिहान दुर्घटना भएको छ । एउटा भ्यानले पैदलयात्रीलाई ठक्कर दिंदा केहीको मृत्यु भएको आशंका गरिएको छ ।
सेभेन सिस्टर रोडमा भएको उक्त दुर्घटनामा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेट्रोपोलिटन पुलिसले राति १२ बजे भयानक दुर्घटना भएको जानकारी दिएको छ ।
मुस्लिम काउन्सिल ब्रिटेन (एमसीबी) ले भ्यान ड्राइभरले जानीबुझी ठक्कर दिएको दाबी गरेको छ । रमजानका कारण कतिपय पैदलयात्री नमाज सकेर फर्कंदै थिए ।
यसअघि जुन ३ मा लन्डन ब्रिजमा चरमपन्थी हमला भएको थियो ।
लन्डन मेट्रोपोलिटन पुलिसले आपतकालिन अवस्थाका कारण सेभेन सिस्टर रोड बन्द गरिएको जनाएको छ ।
लन्डन एम्बुलेन्सका डेपुटी डाइरेक्टर केविन बेटले घटनालगत्तै घाइतेहरुको उद्दार गरेर अस्पताल पुर्याइएको जानकारी दिएका छन् । उनका अनुसार घाइते केही निक्कै गम्भीर देखिन्थे ।






